Trending

रवि लामिछानेविरुद्ध फेरी रुपन्देही अदालतबाट पनि पक्राउ पुर्जी जारी

रास्वपा सभापति रवि लामिछानेको सहकारी प्रकरण दिन प्रति दिन अल्झिदै गएको छ । लामिछाने कास्की प्रहरीको हिरासतमा रहेका बेला फेरी रुपन्देही जिल्ला अदालतले पनि रास्वपा सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल बन्जाडे जोशी माथि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

न्यायाधीश श्यामप्रसाद श्रेष्ठको एकल इजलासले बिहीबार उनीहरुलाई पक्राउ गर्ने अनुमति दिएको हो। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रवि र छविसँगै १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अदालतले अनुमति दिएको हो ।

यसअघि सुप्रिम सहकारीको रकम अपचलनको विषयमा छविलाल जोशीसँग जिल्ला अदालत रुपन्देहीमा दुई दिन बयान लिइएको थियो।

सुप्रिम सहकारीको रकम पनि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा अपचलन भएको सहकारीसम्बन्धी संसदीय छानबिन समितिले ठहर गरेको थियो ।

TOP