Trending
युएस खबर संवाददातास्पेनमा बाढी : मृत्यु हुनेको संख्या २०० पुग्यो युएस खबर संवाददातारूसलाई सघाएको आरोपमा १९ भारतीय कम्पनीलाई अमेरिकाको प्रतिबन्ध युएस खबर संवाददाताएक सातापछि काठमाडौँसहित देशैभर चिसो बढ्ने युएस खबर संवाददातानेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढाउँछ : प्रधानमन्त्री ओली युएस खबर संवाददाताराष्ट्रपति पौडेलद्वारा गाई पूजा युएस खबर संवाददातास्पेनको ह्युल्भामा लगातार १२ घण्टा भारी वर्षा हुने चेतावनी युएस खबर संवाददातासगमारथा क्षेत्रमा लडेर घाइते भएका जापानी नागरिकको उद्धार युएस खबर संवाददातालक्ष्मीपूजाको दिन विद्युतको माग गत वर्षभन्दा एक सय ६४ मेगावाट बढी

तिहारका लागि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले तिहार लक्षित गर्दै आगामी आइतबारदेखि चाँदीका सिक्का बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंक टक्सार महाशाखाले बिहीबार सूचना प्रकाशित गर्दै ११ कात्तिक आइतबारदेखि चाँदीको सिक्का बिक्री गर्ने जनाएको हो । सुनको असर्फी भने अभाव भएकाले १३ कात्तिकमा १ दिन मात्रै बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । तिहारमा धनतेरसको दिन सुन, चाँदीजस्ता बहुमूल्य धातुको असर्फी तथा सिक्का किन्ने चलन छ । यसपटक सुनको असर्फी अभाव रहेकाले १३ गते मंगलबार एकदिन मात्रै बिक्री खुला गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

मंगलबार पनि सुरुमा आउनेलाई प्राथमिकतामा राखेर उपलब्ध भएसम्म मात्रै असर्फी बिक्री हुने राष्ट्र बैंकले जनाएको छ ।

चाँदीको स्मारिका तथा मेडालियन भने ११ कात्तिकदेखि १४ कात्तिकसम्म बिक्री हुने राष्ट्र बैंकले जनाएको छ । ११ बजेदेखि मध्याह्न ४ बजेसम्म प्रतिव्यक्ति बढीमा पाँच थानसम्म बिक्री हुने राष्ट्र बैंकले जनाएको छ । चाँदीको मेडालियन भने गाई अंकित २५ ग्राम, गाई अंकित १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम मध्येबाट बिक्री हुने राष्ट्र बैंकले जनाएको छ ।

TOP