Trending
युएस खबर संवाददातास्पेनमा बाढी : मृत्यु हुनेको संख्या २०० पुग्यो युएस खबर संवाददातारूसलाई सघाएको आरोपमा १९ भारतीय कम्पनीलाई अमेरिकाको प्रतिबन्ध युएस खबर संवाददाताएक सातापछि काठमाडौँसहित देशैभर चिसो बढ्ने युएस खबर संवाददातानेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढाउँछ : प्रधानमन्त्री ओली युएस खबर संवाददाताराष्ट्रपति पौडेलद्वारा गाई पूजा युएस खबर संवाददातास्पेनको ह्युल्भामा लगातार १२ घण्टा भारी वर्षा हुने चेतावनी युएस खबर संवाददातासगमारथा क्षेत्रमा लडेर घाइते भएका जापानी नागरिकको उद्धार युएस खबर संवाददातालक्ष्मीपूजाको दिन विद्युतको माग गत वर्षभन्दा एक सय ६४ मेगावाट बढी

ऐतिहासीक जित, टी २० सिरिज ‘क्लिन स्विप’

नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी-२० सिरिज ‘क्लिन स्विप’ गरेको छ। नेपालले टी-२० इतिहासमा कुनै पनि टोलीविरुद्ध पहिलो पटक सिरिज ‘क्लिन स्विप’ गरेको हो।

सोमबार बिहान डालासस्थित ग्रान्ड प्रेरि क्रिकेट मैदानमा भएको अन्तिम तथा तेस्रो टी-२० मा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो।

यसअघि नेपालले पहिलो टी-२० १७ रनले जित्दा दोस्रो टी-२० सुपरओभरमा जित्न सफल भएको थियो। यो सँगै नेपालले विश्वकप लिग २ अघि बलियो आत्मविश्वास बनाउन सफल भएको छ। क्यानडा भ्रमणमा नेपाली टोली खराब प्रदर्शनका कारण महत्वपूर्ण अङ्कहरु गुमाउन बाध्य भएको थियो।

अब नेपालले आगामी २५ अक्टोबरबाट सुरु हुने विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा सक्टल्यान्ड र अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। नेपालले २७ अक्टोबरमा अमेरिकासँग पहिलो खेल खेल्ने छ।

अन्तिम टी-२० मा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो। अमेरिकाका लागि सैतेजा मुकामलाले ६८ रन बनाउँदा मिलिन्डा कुमारले ४३ रन बनाए। त्यस्तै एरोन जोनेसले १३ रन तथा हर्मित सिंहले १० रन बनाएका थिए। नेपालका लागि सोमपाल कामीले ३ विकेट लिएका थिए।

जवाफमा १ सय ५८ रनको लक्ष्य पछ्याएको नेपालले उक्त लक्ष्य १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। नेपालको सहज जितमा आसिफ शेखले ५० रनको अर्धशतकीय इनिङ खेल्दा कुशल मल्ल ४४ रनमा अविजित रहे भने उनलाई कुशल भुर्तेलले ४० रन बनाएर अविजित साथ दिएका थिए।

त्यसअघि ओपनर अनिल साह १३ रनमा आउट भए। अमेरिकाका लागि जुनायो ड्रयसडाली र जसदिप सिंहले समान १-१ विकेट लिए।

TOP