सवारीसाधन पूजा गर्नेको भद्रकालीमा भीड
प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै छ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।
यता काठमाडौँको भद्रकाली मन्दिर परिसरमा सवारी पूजा गर्नेको लाम लागेको छ । आजको दिन सवारी साधनको पनि पूजा गर्ने प्रचलन अनुसार मानिसहरू आफ्नो दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी पूजा गर्नको लागि शक्तिपीठहरू मध्येको एक भद्रकालीमा पुगेका हुन् ।