Trending
युएस खबर संवाददातास्पेनमा बाढी : मृत्यु हुनेको संख्या २०० पुग्यो युएस खबर संवाददातारूसलाई सघाएको आरोपमा १९ भारतीय कम्पनीलाई अमेरिकाको प्रतिबन्ध युएस खबर संवाददाताएक सातापछि काठमाडौँसहित देशैभर चिसो बढ्ने युएस खबर संवाददातानेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढाउँछ : प्रधानमन्त्री ओली युएस खबर संवाददाताराष्ट्रपति पौडेलद्वारा गाई पूजा युएस खबर संवाददातास्पेनको ह्युल्भामा लगातार १२ घण्टा भारी वर्षा हुने चेतावनी युएस खबर संवाददातासगमारथा क्षेत्रमा लडेर घाइते भएका जापानी नागरिकको उद्धार युएस खबर संवाददातालक्ष्मीपूजाको दिन विद्युतको माग गत वर्षभन्दा एक सय ६४ मेगावाट बढी

डालसमा चर्चित कलाकारको सांगितीक प्रस्तुती सहित रिदम नाईट्स हुदैँ

अमेरिकाको टेक्सस डालसमा नेपालका चर्चित कलाकारको सांगीतिक कार्यक्रम सहितको रिदम नाईटस् हुने भएको छ । दशै र तिहारको उत्सवसंगै आयोजना गरिएको कार्यक्रम नेपालका चर्चित कलाकारहरुको सांगितीक प्रस्तुती रहेनछ ।

युएस खबर मिडीया नेटवर्क र फेम नेपालको संयुक्त आयोजनामा अमर क्षेत्री फाउण्डेसन र भेटघाट रेस्टुरेन्टसंगको सहकार्यमा रिदम नाईट्स भोलुम वान कार्यक्रम आयोजना लागीएको हो । अगामी अक्टोवर १८ तारिख शुक्रबार आयोजना गरिएको कार्यक्रममा सांगितीक क्षेत्रकी चर्चित गायीका मिलन नेवार, गायक खेम सेन्चुरी, कलाकार तथा मोडल अन्जली अधिकारी र कमेडियन तथा उद्घोषिका राधिका कडेलको प्रस्तुती रहने फेम नेपालका प्रमुख बिमल पछाईले जानकारी दिएका छन् । कार्यक्रम डालस अर्भिगंमा रहेको भेटघाट रेस्टुरेन्ट एण्ड बैंक्युटमा हुदैछ ।

फुलबुट्टे सारी लगायत थुप्रै लोकप्रिय गित गाएकी चर्चित गायीका मिलन नेवारको प्रस्तुतीले रिदम नाईट्मा छुट्टै माहोल बन्ने आयोजकको दाबी छ । कार्यक्रममा लोक दोहोरी गितमा पछिल्लो समयका निकै चर्चित गायक खेम सेन्चुरीका कमाउने नि हो रमाउने नि हो साथै सुर्ति माड्दा माड्दै गयो जोवन लगायतका गित सुन्न पाईनेछ । चर्चित कलाकार तथा मोडल अन्जली अधिकारी नृत्य तथा उद्घोषीका राधिका कडेलको कमेडी सहितको उद्घोषण रहनेछ ।

कार्यक्रममा सहभागी हुन २५ डलर टिकटदर राखिएको छ भने, कार्यक्रम स्थलमा भने टिकटदर केहि बढी हुने आयोजकले बताएका छन् । फेम नेपाल अमेरिका र नेपाल इन्भेट म्यानेजमेन्ट कम्पनी हो भने युएस खबर अमेरिकामा सञ्चालीत नेपाली समाचार अनलाईन हो । फेम नेपाल र युएस खबरको संयुक्त आयोजना यस अघि बिश्वकप क्रिकेटमा सहभागी नेपाली टिमको स्वागतमा फ्यान फेस्टीभल र अब नाच्छ डालस कार्यक्रम सम्पन्न भैसकेको छ ।

टिकटका लागी यहाँ क्लिक गर्नुहोस् ।

TOP