श्रीप्रसाद पोख्रेलको “श्रीधर” लघुकथा संग्रहको पेन्सिलभेनियामा लोकार्पण
पेन्सिलभेनिया, अक्टोबर ५, २०२४ – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा आयोजित “श्रीधर” लघुकथा संग्रहको लोकार्पण कार्यक्रम शनिबार पेन्सिलभेनियाको ह्यारिसवर्गमा सम्पन्न भयो। प्रमुख अतिथि कवियत्री सीता पाण्डे र सभाध्यक्ष दिपकजंग विश्वकर्मासहित नेपाली साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समारोहमा पुस्तकको समीक्षा भक्त घिमिरे र विष्णु लुईटेलले गरे भने लेखक श्रीप्रसाद पोख्रेलले आफ्नो विचार प्रस्तुत गर्नुभयो। साथै, अनेसास पेन्सिलभेनिया च्याप्टर गठनका लागि १३ सदस्यीय समन्वय समितिको घोषणा पनि गरियो।
अ० ने० सा० स० पेन्सिलभेनिया समन्वय समिति सदस्यहरूको नाम नबिन शर्मा भट्टराई, दिपकजंग विश्वकर्मा, विष्णु लुईटेल, अभिषेक थापा, भरत के० श्रेष्ठ, गुन्जन उपाध्याय, विष्णु निरौला, सरिता सुनुवार, फुर्वा लामा, त्रिविक्रम न्यौपाने, खेम संगरौला, रेनु न्यौपाने, र रानी खरेई रहेको छ। उक्त समितिले पेन्सिलभेनिया राज्यभरि छरिएर रहेका नेपाली भाषा तथा साहित्यप्रति रूचि राख्ने सदस्यहरूलाई एकजुट गरि आगामी मे महिनासम्ममा चुनावद्वारा कार्यकारी समिति गठन गर्ने उद्देश्य लिएको विषयमा समन्वय कर्ता कवि गण्डकीपुत्र र नबिन शर्मा भट्टराईले स्पष्ट पार्नु भयो।
उक्त कार्यक्रमको सञ्चालन नवीन शर्मा भट्टराईले गर्नुभएको थियो। प्रमुख आकर्षणमा पुस्तक लोकार्पण, लघुकथा वाचन, शुभकामना मन्तव्य, कविता र गजल वाचन तथा सांस्कृतिक प्रस्तुति समावेश थिए।
उक्त कार्यकर्मको प्रमूख अतिथिहरूमा डी० सी० नेपालका प्रधान सम्पादक चुडामणी भट्टराई, पेन्सिलभेनिया नेपाली समाजकी प्रमूख अर्चना शर्मा, भूटानी समाज ह्यासिस्वर्गका पूर्व अध्यक्ष विनय लुईटेल, हिन्दु धर्म तथा सांस्कृतिक संगठनका अध्यक्ष प्रेम खनाल, त्रिवेणी साहित्य मंचका अध्यक्ष केशव बैरागी माइलो, विश्व भूटानी साहित्य संगठनका उपाध्यक्ष आभाष रिखाम मगर र महासचिव पातलो अन्तरे, क्रियामण फाउण्डेशनका सि० इ० ओ० भरत तिम्सिना, एन० आर० एन० ए० पेन्सिलभेनियाका उपाध्यक्ष अभिषेक थापा लगायत अन्य साहित्यकारहरूको समेत उपस्थिति रहेको जानकारी साहित्यकार नबिन शर्मा भट्टराईले गराउनु भएको थियो ।
कार्यक्रमको समापन सभापति दिपकजंग विश्वकर्माले गर्नु भएको थियो।