Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

अमर क्षेत्रीको मनको माईक्रोबस बजारमा

बिगत लामो समय देखि अमेरिकाको टेक्ससमा रहेर समाजसेवाको क्षेत्रमा क्रियाशील अमर क्षेत्री गीत संगीतमा पनि सक्रिय हुन थालेका छन्। अमर क्षेत्री फाउन्डेसन नामक संस्थाबाट विभिन्न सामाजिक कार्यहरू मार्फत नेपालमा रहेका दुःखी पीडितहरूको लागि सहयोगी हात बढाइरहेका अमरले चर्चित गायिका मेलिना राईसँगको सहकार्यमा मनको माइक्रोबस नामको नयाँ गीत सार्वजनिक गरेका हुन् ।

यसै साता डालसको अर्भिंगमा रहेको नाङ्लो रेस्टुरेन्टमा आयोजित एक कार्यक्रमका बीच चर्चित गायक निमारुम्बा, संगीतकार आलोकश्री लगायतका पाहुनाहरूले अमरको “मनको माइक्रोबस “ नामक गीतको म्युजिक भिडियो सार्वजनिक गरेका थिए ।

अमरको आफ्नै शब्द तथा अल्मोडा राणा उप्रेतीको संगीत संयोजन रहेको उक्तगीतको म्युजिक भिडियो “ अमर क्षेत्री म्यूजिक“ नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरीएको छ। उक्त म्युजिक भिडियोमा नेपालको चर्चित डांसिंग ब्यान्ड कार्टुनक्रुजको अभिनय तथा निर्देशन रहेको छ भने भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका छन् ।

TOP