Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

१२ गाँउमा बुवा विराज भट्ट र छोरा समिर भट्टको दमदार एक्सन

विराज भट्ट र छोरा समिर भट्टको अभिनय रहेको चलचित्र बाह्र गाउँको टे«लर सार्वजनिक भएको छ । फिल्मको ट्रेलरले नेपाली चलचित्र क्षेत्रमा समिर भट्टको दमदार इन्ट्रि हुने पक्का भएको छ । सार्वजनिक ट्रेलर विराज र उनका छोरा समीर भट्टको एक्सन दृश्यले भरिपुर्ण छ । फिल्म ‘१२ गाउँ’को एक्सनप्रधान टिजर सार्वजनिक भएपछि नै समिरको चर्चा चलेको थियो । कुनै समय एक्सन हिरोको रुपमा कहलिएका विराजले आफ्नो छविलाई छोरा मार्फत अघि बढाउन खोजेको स्पष्ट देखिन्छ ।

१२ गाउँ नामक एक प्राचीन गाउँको अत्याचारी शासकविरुद्धको लडाइँको कथा यसमा समेटिएको छ।१२ गाउँ विराजका छोरा समीरको पहिलो फिल्म हो। फिल्ममा विराज, समीर, सनिशा लगाउत थुप्रै कलाकारहरूले अभिनय गरेका छन् । फिल्म दसैंको फूलपाती अर्थात असोज २४ गते रिलिज हुने तयारीमा छ। विराज भट्ट लामो समयपछि फिल्ममा कम ब्याक भएका छन् । विराज भट्टको फिल्म १२ गाँउलाई लिएर दर्शक निकै उत्साहित छन् । उसो त असोज २४ अर्थात दसैंको फुलपातीको दिन हलहरुमा महाभिडन्त हुँदैछ ।१२ गाँउ सहित, छक्का पन्जा ५, ज्वाइँ साब यि तिनै वटा फिल्म एक साथ हलमा लाग्दै छन् । यी चलचित्र मध्ये दर्शकको रोजाई कुन चलचित्र पर्ने हो त्यो भने हेर्न बाँकी नै छ ।

TOP