Trending
युएस खबर संवाददाताराष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने युएस खबर संवाददातासवारीसाधन पूजा गर्नेको भद्रकालीमा भीड युएस खबर संवाददातासुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध युएस खबर संवाददाता२ मोटरसाइकल आपसमा ठोक्किँदा २४ वर्षीय युवकको मृत्यु युएस खबर संवाददातादुई सातापछि खुल्यो बीपी राजमार्ग : कतै एकतर्फी, कहिं दुईतर्फी युएस खबर संवाददाताहुथी लडाकुहरूले अमेरिकी जहाजलाई बनाए निशाना युएस खबर संवाददाताअमेरिकामा मिल्टन आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो युएस खबर संवाददातावर्षमा एकपटक मात्र खुल्ने तलेजु भवानीको दर्शनका लागि बिहानैदेखि लाइन

दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा छाड्न अदालतको आदेश

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले एक लाख धरौटी माग्ने फैसला गरेको हो।

उनीविरुद्ध साइबर सम्बन्धी दुईवटा कसुरमा एकसाथ थुनछेक भएको थियो। प्रसाईंविरुद्ध प्रहरीको साइबर व्युरोमा उजुरी दर्ता भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। उनलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसारको कसुर गरेको अभियोगमा ५ वर्ष कैद सजायको मागदावीसहित मुद्दा दायर भएको छ।

बिनाकारण आफूलाई हिरासतमा राखेको भन्दै उनले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटसमेत दिएका थिए। रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई थुनामा राख्नुको कारण सरकार र प्रहरीलाई सोधेको छ। उनले आफूलाई गैरकानुनी ढंगले थुनामा राखेको भन्दै तत्काल रिहाइको माग गर्दै अन्तरिम आदेश माग गरेका थिए।

TOP