Trending
युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया

त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले आज क्यानडासँग खेल्दै

नेपालले त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत मंगलबार क्यानडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति ९ः४५ मा किङ सिटीमा सुरु हुनेछ ।
नेपाल पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको थियो । १२४ रनको लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा ८८-५ को अवस्थाबाट १०९ रनमा अल आउट भएको थियो । तीव्र गतिका बलर कलिम सानाले ४ र स्पिनर साद बिन जाफरले ३ विकेट लिएका थिए । पछिल्लो खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको थियो । उक्त खेलमा गुल्सन मल्लले १७ बलमा ४० रनको इनिङ खेलेका थिए । गुल्सनलाई कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले साथ दिन आवश्यक छ ।

ओपनर आसिफ शेख र अनिल साहले पाएको सुरुवातलाई ठूलो इनिङमा बदल्न आवश्यक देखिन्छ । नेपालका स्पिनर सन्दीप लामिछाने प्रमुख बलर हुन् । उनलाई दीपेन्द्र र कुशलले साथ दिनेछन् । नेपाल र क्यानडाबीच टी-२० आईमा दुई खेल भएको छ । दुबै टोलीले १-१ जित हात पारेका छन् । त्रिकोणात्मक सिरिजअघि भएको लिग-२ मा भने नेपाल क्यानडासँग दुबै खेलमा पराजित भएको थियो । त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले बुधबार ओमानसँग खेल्नेछ ।

TOP