Trending
युएस खबर संवाददाताराष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने युएस खबर संवाददातासवारीसाधन पूजा गर्नेको भद्रकालीमा भीड युएस खबर संवाददातासुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध युएस खबर संवाददाता२ मोटरसाइकल आपसमा ठोक्किँदा २४ वर्षीय युवकको मृत्यु युएस खबर संवाददातादुई सातापछि खुल्यो बीपी राजमार्ग : कतै एकतर्फी, कहिं दुईतर्फी युएस खबर संवाददाताहुथी लडाकुहरूले अमेरिकी जहाजलाई बनाए निशाना युएस खबर संवाददाताअमेरिकामा मिल्टन आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो युएस खबर संवाददातावर्षमा एकपटक मात्र खुल्ने तलेजु भवानीको दर्शनका लागि बिहानैदेखि लाइन

बलिवुड अभिनेता गोविन्दा गोली लागि घाइते

बलिवुड अभिनेता गोविन्दा गोली लागि घाइते भएका छन्। उनकै रिभल्वरबाट गल्तीले खुट्टामा गोली लागेछि उनलाइ नजिकैको क्रिटिकेयर अस्पतालमा लगिएकाे हाे । 

अभिनेता कोलकातामा एउटा कार्यक्रममा उपस्थित हुन घरबाट निस्कन लागेका थिए। उनकी श्रीमती कोलकाता गइसकेकी थिइन्। दराजबाट लुगा प्याक गर्दा रिभल्वर खस्यो र उनको बायाँ खुट्टामा गोली लाग्यो। गोविन्दालाई घुँडामुनि गोली लागेको थियो। पिस्तोल भुइँमा खसेपछि गोली चल्यो।

पछिल्लो रिपोर्ट अनुसार उनकाे खुट्टाबाट गोली निकालिएको छ । उनलाई आज बेलुका अबेर वा भोलि डिस्चार्ज गर्न सकिने बताइएकाे छ । गोविन्दाकी छोरी टिना उनको हेरचाह गर्न अस्पतालमा उनी सँगै बसेकि छिन्।

गोविन्दा हिन्दी सिनेमाका उत्कृष्ट अभिनेतामध्ये एक हुन्। उनले ९० को दशकमा धेरै ब्लकबस्टर फिल्महरू दिएर ख्याति कमाएका छन् । गोविन्दा र फिल्म निर्माता डेविड धवन अझै पनि बलिउडको सबैभन्दा सफल जोडीमध्ये एक मानिन्छन्। उनीहरूले सँगै हिरो नं १, कुली नं १, राजा बाबु र दीवाना मस्ताना लगायत धेरै सुपरहिट फिल्महरू दिएका छन्।

उनको अन्तिम फिल्म २०१९ मा रिलिज भएको रंगीला राजा थियो जसमा उनले दोहोरो भूमिका निभाएका थिए। फिल्महरू बाहेक, उनले डीआईडी सुपर मम्स सिजन २ र डान्स बंगला डान्स लगायत धेरै टेलिभिजन कार्यक्रमहरूमा पनि निर्णायकको भूमिका निभाएका छन्।

TOP