Trending
युएस खबर संवाददाताराष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने युएस खबर संवाददातासवारीसाधन पूजा गर्नेको भद्रकालीमा भीड युएस खबर संवाददातासुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध युएस खबर संवाददाता२ मोटरसाइकल आपसमा ठोक्किँदा २४ वर्षीय युवकको मृत्यु युएस खबर संवाददातादुई सातापछि खुल्यो बीपी राजमार्ग : कतै एकतर्फी, कहिं दुईतर्फी युएस खबर संवाददाताहुथी लडाकुहरूले अमेरिकी जहाजलाई बनाए निशाना युएस खबर संवाददाताअमेरिकामा मिल्टन आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो युएस खबर संवाददातावर्षमा एकपटक मात्र खुल्ने तलेजु भवानीको दर्शनका लागि बिहानैदेखि लाइन

टी-२० आई त्रिकोणात्मक सिरिजमा नेपालको पहिलो जित

क्यानडामा जारी टी-२० आई त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ। सिरिजअन्तर्गत आइतबार राति भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको हो। नेपालले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको ओमान ५ बल बाँकी छँदै १ सय ३९ रनमा अलआउट भयो।

सोहेब खानले बनाएको ४५ रन नै ओमानका लागि सर्वाधिक रह्यो। रफिउल्लाहले ३३ रन थपे। फयाज बट १७ रनमा अविजित रहे। प्रतिक अथाभाले १५ र खालिद कैलले ११ रन बनाए। ओमानलाई रोक्न नेपालका करण केसी एक्लैले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा ३६ रन खर्चे। कुशल भुर्तेल र गुल्सन झाले २र२ विकेट लिए। रिजन ढकाल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले १/१ विकेट लिए।

त्यसअघि क्यानडाको किङ सिटीमा ओमनले टस जितेर फिल्डिङ रोजेपछि क्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रनको योगफल तयार पारेको थियो। नेपालका लागि गुल्सन झा ४० र दीपेन्द्रसिंह ऐरी १८ रनमा अविजित रहे। गुल्सनले १७ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। दीपेन्द्रले ५ बलमा १ चौका र २ छक्का हाने। कुशल मल्लले ३० तथा ओपनरद्वय अनिल शाह र आशिफ शेखले २७/२७ रन बनाए। कुशल भुर्तेलले २० रन थपे। कप्तान रोहित पौडेल र देव खनाल समान २ रनमा पेभेलियन फर्के।

ओमानका लागि अकिब इलियासले ३ विकेट लिए।आफ्नो पहिलो खेलमा भने नेपाल क्यानडासँग १४ रनले हारेको थियो।

TOP