‘होटलमा बस्न आएकी युवती सँग प्रेममा परेका राज’
चर्चित मोडल राज पौडेल एकाएक होटेलमा काम गर्ने युवकको रुपमा देखिन्छन् । उनै होटलमा काम गर्ने युवक राज कसैको प्रेममा धोका पाएपछि पिडामा देखिएका छन् । आखिर के कारणले कसरी उनी यस्तो अवस्थामा पुगे ?
उनकाे प्रेम कहानी यसरी सुरु हुन्छ । उनी काम गर्ने होटेलमा एक दिन एक युवती आइपुग्छिन् । राजले नै ति युवतीलाई कोठा देखाउँछन् । राज युवतीलाई देखेपछि प्रेममा पर्छन् । मनमनै मन पराउँछन् । युवतीले पनि राजलाई मन पराएको भाव झल्किन्छ । तर एकदिन युवतीले पेय पदार्थ पिएकी हुन्छिन् र उनी होस मै हुदिनन् उनलाई एक जना युवकले कोठासम्म पुर्याइदिएर बाहिर निस्कदै गर्दा राजले देख्छन् । अपरिचित व्यक्तिलाइ काेठाबाट निस्कदै गरेकाे देखेपछि राजले युवतीप्रति गलत धारणा बनाउछन् । त्यसपछि भने युवती होटेल छोडेर फर्किने तयारी गर्छिन् । उनले जाँदा जाँदै राजलाई यता उता हेर्दा राज भने युवती सामु आफुलाई देखाउन चाहदैनन् । त्यसपछि भने युवती होटेलबाट निस्किन्छन् । यसरी उनको प्रेम कहानी अधुरो रहन्छ ।
उनी रियल लाइफमा नभई गीतको अभिनयमा मात्रै यस्तो भुमिकामा देखिएका हुन् । गायक कमल विष्टको सोमबार सार्वजनिक भएको गीत नजरका इसारामा राज यस्तो भुमिकामा देखिएका छन् । सार्वजनिक गीतको भिडियोमा राज होटेलमा काम गर्ने युवकको भुमिकामा छन् भने माेडल हेना नगरकाेटी हाेटेलकाे गेस्टकाे भुमिकामा छिन् ।
किरण रिजालको शब्द रचनाको यो गजलमा कमल विष्टको स्वर तथा शशि विक्रम थापाको संगीत रहेको छ । गायक विष्ट ‘भ्वाइस अफ नेपाल’ सीजन २ का प्रतिस्पर्धी पनि रहेका थिए ।
गजलमा युवा- युवतीबीच अनायास उत्पन्न हुने प्रेम र त्यसले ल्याउने पीडालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । यो भावनात्मक कथा राज पौडेल र हेना नगरकोटीको प्रभावशाली अभिनयद्वारा जीवन्त भएको छ, जसको निर्देशन नारायण मगरले गरेका छन् ।
सडक नाटकबाट अभिनय थालेका गरेका मोडल पौडेलले एक दशकभन्दा बढी समयदेखि टेलिभिजन विज्ञापन, म्युजिक भिडियो र वेब सिरिजहरूमा अभिनय गर्दै आएका छन् भने नगरकोटीले विभिन्न वेब सिरिज, म्युजिक भिडियो र चलचित्रमा अभिनय गरेकी छन् । भिडियोका निर्देशक मगरले एक सय भन्दा बढी म्युजिक भिडियोहरूको निर्देशन र सम्पादन गरिसकेका छन् ।
यस भिडियोका सिनेमाटोग्राफर ज्ञानेन्द्र शर्मा हुमागाईँ हुन् भने सम्पादक तथा रङ्ग संयोजक भीम विश्वकर्मा हुन् । भिडियो उत्पादन तथा वितरण रे अफ आर्ट्सले गरेको हो ।