ठगी गरेको पुष्टि भएको भए राजनीति छाड्दिन्थे: सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलामिछानेले सहकारीको रकम अपचलनमा आफ्नो गल्ती नभएको बताएका छन् । छानबीन समितिले नै कुनै दोष नरहेको निष्कर्ष निकालेको भन्दै सामाजिक संजाल फेसबुक लाइभ मार्फत उनले सहकारी ठगीमा आफ्नो कुनै पनि संग्लंनता नरहेको बताएका हुन् ।
संसदीय छानबीन समितिले नै प्रतिवेदनमा आफ्लाई दोषी नभएको देखाएको भन्दै तथ्यमा टेकेर काम गर्न चेतावनी दिएका छन् । सभापनि लामिछानेले सरकारले आफुमाथि चलखेल गरेको बताएका छन् । उनले भने – ‘हुँदै नभएको मुद्दा लगाएर मलाई पक्राउ गर्नका लागि षड्यन्त्र भैरहेको छ’
रास्वपा सभापति रवि लामिछानेलाई सहकारी रकम हिनामिना गरेको आरोपमा दोषि देखिए पछि कारबाहिका लागि सिपारिस गरिएको थियो । सांसद सूर्य थापा सभापति रहेको छानबिन समितिले सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी, सहारा चितवन र सानोपाइला सहकारीबाट सहकारी कानुन विपरीत गोर्खा मिडियामा रकम प्रवाह भएको प्रष्ट किटान गरेको थियो । प्रालिका अध्यक्ष गितेन्द्रबाबु ९जीबी० राई, सदस्य कुमार रम्तेल, प्रालिका तत्कालीन प्रबन्ध निर्देशक एवम् रास्वपा सभापति रवि लामिछाने र सञ्चालक छविराज जोशीलाई कारबाही सिफारिस गरिएको थियोे । समिति सदस्यहरुका अनुसार लामिछाने प्रवन्ध निर्देशक भएको १४ महिना अवधिमा सूर्यदर्शनसहितका ५ वटा सहकारीको ६५ करोड रकम गोर्खा मिडियामा अपचलन भएको पुष्टि भएको छ । सहकारीको ६५ करोड रुपैयाँ ल्याउनमा लामिछाने प्रत्यक्ष संलग्न नदेखिए पनि गैरकानूनी रुपमा आएको रकम खर्च गर्नमा भने लामिछाने संलग्न रहेको, उनले त्यसको स्रोतबारे कुनै जिम्मेवारीसमेत नदेखाएको समितिको निष्कर्ष छ । उनले छानबीन समितिको बयानका क्रममा पनिे सहकारीबाट गैरकानुनी ऋण प्रवाहमा आफ्नो कुनै संलग्नता नभएको बयान दिएका उनले आजको फेसबुक लाइभ मार्फत पनि सहकारी ठगी प्रकरणमा आफ्नो कुनै संग्लग्नता रहेको दोहोरयाएका छन् ।