Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

महिला साफ च्याम्पियनसिपका लागि प्रारम्भिक टोलीको घोषणा

घरेलु मैदानमा हुने साफ महिला च्याम्पिनयसिपका निम्ति बन्द प्रशिक्षणको पहिलो चरणमा ४० खेलाडी समावेश भएका छन् । नेपाली महिला टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रतियोगिताका निम्ति मंगलबार ४० खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका हुन् ।

नेपालले आगामी अगस्ट १७–३० सम्म घरेलु मैदानमा साफ महिला च्याम्पियनसिपको आयोजना गर्दै छ । यसअघि, सन् २०२२ को संस्करण पनि नेपालले दशरथ रंगशालामा आयोजना गरेको थियो । त्यतिबेला फाइनलसम्म पुगे पनि नेपाली टिम बंगलादेशसँग ३–१ ले पराजित भएपछि उपविजेतामा सीमित बनेको थियो ।

प्रारम्भिक प्रशिक्षणमा डाकिएकामध्ये गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा, सावित्रा भण्डारी र रेखा पौडेल भने हाल विदेशी लिग खेलिरहेका छन् । सावित्रा फ्रान्स, एन्जिला ग्रिस र रेखा युनाइटेड अरब इमिरेट्स ९यूएई० को क्लबमा आबद्ध छन् ।

नेपालको प्रारम्भिक टिम

एन्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, गिता राना, अमृता जैसी, समिक्षा घिमिरे, निशा थोकर, पुजा राना, विमला विक, हिराकुमारी भुजेल, प्रतिक्षा चौधरी, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता रानामगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी, सरस्वती हमाल, तुलसा बोहरा, भूमिका बुढाथोकी, ममता पुन, यसोदा शाही, अञ्जली मचामसी, सुस्मा तामाङ, सुक्रिया मिया, सजिना कोइराला, नेहाकुमारी चौधरी, सजनी थोकर, अनिता लम्जेल, लिला जोशी, शुशिला चौधरी, कुस्मा राई र सुनिता भोलन ।

TOP