Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

इजरायलले लेबनानमा गरेको आक्रमणमा अहिलेसम्म ४९२ जनाको मृत्यु

हिजबुल्लाहलाई लक्ष्य गरी इजरायलले लेबनानमा गरेको हवाई आक्रमणमा अहिलेसम्म ४९२ जनाको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मृतकमा ३५ बालबालिका र ५८ महिला पनि छन्। आक्रमणमा १६४५ जना घाइते भएका छन्। इजरायली सेनाले हिजबुल्लाहका १३ सय स्थानमा आक्रमण गरेको जनाएको छ।

जसका कारण हजारौँ परिवार आफ्नो घर छाडेर भाग्न बाध्य भएको बीबीसीले उल्लेख गरेको छ। इजरायली सेनाका अनुसार हिजबुल्लाहले पनि उत्तरी इजरायलमा २०० भन्दा बढी रकेट प्रहार गरेको छ। जसका कारण दुई जना घाइते भएका छन्। इजरायल र लेबनानका हिजबुल्लाह लडाकुहरूबीच द्वन्द्व चर्किंदै गएपछि धेरै देशले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन्।

TOP