Trending
युएस खबर संवाददाताराष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने युएस खबर संवाददातासवारीसाधन पूजा गर्नेको भद्रकालीमा भीड युएस खबर संवाददातासुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध युएस खबर संवाददाता२ मोटरसाइकल आपसमा ठोक्किँदा २४ वर्षीय युवकको मृत्यु युएस खबर संवाददातादुई सातापछि खुल्यो बीपी राजमार्ग : कतै एकतर्फी, कहिं दुईतर्फी युएस खबर संवाददाताहुथी लडाकुहरूले अमेरिकी जहाजलाई बनाए निशाना युएस खबर संवाददाताअमेरिकामा मिल्टन आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो युएस खबर संवाददातावर्षमा एकपटक मात्र खुल्ने तलेजु भवानीको दर्शनका लागि बिहानैदेखि लाइन

एकाएक किन गरियो प्रधानमन्त्री ओलीको न्यूयोर्कको कार्यक्रम रद्द ?

प्रधानमन्त्री केपी शर्मा ओलीले न्युयोर्कमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रद्द गरिएको छ । न्युयोर्कको महासभामा भाग लिन पुगेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणालाई नेपाली कांग्रेस र नेकपा एमालेका अमेरिकामा रहेका भातृसंगठनले राखेको स्वागत तथा अन्तर्क्रिरया कार्यक्रम रद्द भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विदेश विभाग र न्युयोर्कमा रहेका नेपाली पहिचानवादी विदेश विभागका संघसंगठनहरुले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई कालो झण्डा देखाउने भन्दै सामाजिक संजालमा आह्वान गरे लगत्तै स्थानीय सुरक्षाकर्मीले भीभीआइपीहरुको सुरक्षा गर्न नसक्ने भन्दै सो कार्यक्रम रद्द भएको जानकारी प्राप्त भएको छ । कार्यक्रमको सम्पर्ण तयारी पुरा भैसकेको अवस्थामा अन्तिम समयमा आएर सुरक्षाको कारण देखाउँदै आयोजकले कार्यक्रम स्थगित गर्नु परेको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री आरजु राणाका लागि राखिएको उक्त कार्यक्रममा दुवै जनाको फोटोसहितको ब्यानर राखिएको थियो । व्यस्तताको बाबजुद पनि अमेरिकाको विभिन्न ठाउँबाट मानिसहरु कार्यक्रमका लागि भनि आएका थिए तर कार्यक्रम स्थगित हुने जानकारी आयोजकले दिएपछि सबैजना त्यसै फर्किएका हुन् । महावाणिज्य दूतावासले भने यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट दुःख व्यक्तसमेत गरेको छ ।

TOP