Trending
युएस खबर संवाददाताराष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने युएस खबर संवाददातासवारीसाधन पूजा गर्नेको भद्रकालीमा भीड युएस खबर संवाददातासुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध युएस खबर संवाददाता२ मोटरसाइकल आपसमा ठोक्किँदा २४ वर्षीय युवकको मृत्यु युएस खबर संवाददातादुई सातापछि खुल्यो बीपी राजमार्ग : कतै एकतर्फी, कहिं दुईतर्फी युएस खबर संवाददाताहुथी लडाकुहरूले अमेरिकी जहाजलाई बनाए निशाना युएस खबर संवाददाताअमेरिकामा मिल्टन आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो युएस खबर संवाददातावर्षमा एकपटक मात्र खुल्ने तलेजु भवानीको दर्शनका लागि बिहानैदेखि लाइन

अमेरिका निवासी पत्रकार चापागाईको ‘अरबमा घाम छ’ सार्वजनिक

अमेरिका निवासी पत्रकार तथा गितकार सतिश चापागाइँको नयाँ गीत ‘अरबमा घाम छ’ सार्वजनिक भएको छ । वैदेशिक रोजगारीको बाध्यतामा केन्द्रित रहेर तयार पारिएको गीत युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सञ्जीव बराइलीको स्वर रहेको गीत ‘अरबमा घाम छ’मा संगीत दीप घतानीको छ । शब्दरचना सतिश चापागाइँको छ ।

गीतले नेपाली युवाले देशमा भोगिरहेको बढ्दो बेरोजगारी समस्यालाई चित्रण गरेको छ । एकातिर बेरोजगारीका कारण काम नपाउने, पाए पनि वर्षौंसम्म पैसा नपाउने समस्यालाई सतिसले गीतमा उतारेका छन् ।

यही बाध्यतालाई समेटेर तयार पारिएको उनको गीतको हुकलाइनले भन्छ–
अरबमा घाम छ कसलाई पो था’छैन ।
अरबमै काम छ नगइ भा’छैन ।

गीतको यो स्थायीले भनेको अहिलेको आम नेपाली युवाले भोग्दै आएको समस्या हो । खाडी मुलुकमा चर्को घामबीच काम गर्नुपर्ने भए पनि आफू र परिवारका लागि जानै पर्ने बाध्यतालाई गीतमा भनिएको छ ।

अरब गएपछि जस्तोसुकै भए पनि काम पाइहाल्ने सत्यता बताउने गीतले नेपालमा बेरोजगार बस्नुपर्ने अवस्थालाई उजागर गरेको छ ।

बाआमा बुढी बच्चा मेरै भरमा,
वर्षौं भयो पटेभरी खाना पा’छैन ।

स्वदेश भनेर बस्दा परिवार र आफ्नो पेट भोकभोकै हुने अस्थालाई गीतमार्फत बताइएको छ ।

गीतको भिडियो पनि तयार पारिएको छ । विशाल थापाले खिचेको भिडियो सम्पादन विभोर पोखरेलले गरेका छन् । निर्देशन पनि पोखरेलले नै गरेका छन् ।

भिडियोमा दीप घतानी, सिमा क्षेत्री र मिरेश अधिकारी अभिनय रहेको छ । चापागाई अमेरिकाबाट संचालीत नेप्लिज डायस्पोराका प्रधान सम्पादक समेत हुन् ।

TOP