Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

‘यागी’ आँधीका कारण म्यानमारमा दुई सय जनाभन्दा धेरैको ज्यान गयो

चक्रवात ‘यागी’ का कारण आएको बाढीका कारण म्यानमारमा जनजीवन पूर्णरूपमा प्रभावित भएको छ । म्यानमार सरकारले बाढीमा परेर दुई सय जनाभन्दा धेरैको ज्यान गएको र ८० जनाभन्दा धेरै अझै बेपत्ता रहेका बताएको छ ।

यागी यस वर्ष एशियामा आउने सबैभन्दा शक्तिशाली आँधी पनि हो । भियतनाम, लाओस, थाइल्यान्ड र म्यानमारमा गरेर सेप्टेम्बरको शुरूदेखि नै आँधीका कारण पाँच सय जनाभन्दा धेरैको ज्यान गएको बीबीसीले जनाएको छ ।

यागी आँधीका कारण म्यानमारका धेरै गाउँमा अहिले पनि बाढी, पहिरो र डुबानको अवस्थामा रहेकाले पाँच लाखभन्दा बढी मानिसका लागि खाद्यान्न, पिउने पानी, बास र लत्ताकपडाको तत्काल प्रबन्ध गर्नुपर्ने संयुक्त राष्ट्रसङ्घले उल्लेख गरेको छ ।

राष्ट्रसङ्घले चक्रवात यागीले म्यानमारको राजधानी नेपिडावसहित नौ राज्यमा विनाश गरेको जनाएको छ । म्यानमारले २०२१ देखि गृहयुद्धको पनि सामना गरिरहेको बीबीसीको समाचारमा उल्लेख छ ।

TOP