Trending
युएस खबर संवाददाताराष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने युएस खबर संवाददातासवारीसाधन पूजा गर्नेको भद्रकालीमा भीड युएस खबर संवाददातासुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध युएस खबर संवाददाता२ मोटरसाइकल आपसमा ठोक्किँदा २४ वर्षीय युवकको मृत्यु युएस खबर संवाददातादुई सातापछि खुल्यो बीपी राजमार्ग : कतै एकतर्फी, कहिं दुईतर्फी युएस खबर संवाददाताहुथी लडाकुहरूले अमेरिकी जहाजलाई बनाए निशाना युएस खबर संवाददाताअमेरिकामा मिल्टन आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो युएस खबर संवाददातावर्षमा एकपटक मात्र खुल्ने तलेजु भवानीको दर्शनका लागि बिहानैदेखि लाइन

अमेरिकामा नेपालको जस्तै झल्को दिने दशै महोत्सव हुदै

नेपाली कला संस्कृतीलाई अमेरिकामा प्रवद्र्धन गर्ने उद्देश्यले नेपालको जस्तै झल्को दिने दशै महोत्सवको आयोजना गरिएको छ । अक्टोबर ५ तारिकमा मनानस प्रीन्स काउन्टी क्षेत्रमा नेपालका चर्चित कलाकारको प्रस्तुतिले अमेरिकाको डिसि क्षेत्र झुम्ने भएको छ ।
महोत्सवमा चर्चित गायिका मिलन नेवार, प्रमोद खरेल, समिक्षा अधिकारी, अन्जु पन्त साथमा निमा रुम्बाको व्याण्डको पनि विशेष प्रस्तुति रहनेछ ।
दशै महोत्सवको मुख्य प्रायोजन ओनेस्ट रियल स्टेटले गरेको छ भने महोत्सवको व्यवस्थापन ३ ई इन्टरटेन्टमेन्टले गरेको छ । महोत्सवमा ५ बर्षको बच्च देखि सम्पुर्ण उमेर समुहका कलाकारको विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सवको प्रवेश शुल्क १५ डलर तोकिएको छ भने भिआएपी टिकट १०० डलर तोकिएको छ ।
त्यसैगरि १० देखि मुनि र ६५ बर्ष भन्दा माथिका व्यक्तिहरुलाई प्रवेश शुल्क नलिने आयोजक प्रकास सापकोटाले बताएका छन् ।
महोत्सवको रोचक पक्ष चिट्ठाको पनि रहेको सापकोटाले बताए । उनका अनुसार हरेक कलाकारको प्रस्तुती सँगै अन्य प्रदशनीहरुले पनि महोत्सव विशेष हुने छ ।
नेपाली संस्कृतिक झल्किने सम्पुर्ण पोशाक, गरगहना, खानाका परिकार दशैका लागि आवश्यक पर्ने सम्पुर्ण नेपाली सरसमान, चंगा फेस्टिबल, दिनभरि भरपुर रमाइलोका लागि पनि महोत्सव नछुटाउन आयोजक सापकोटा अनुरोध गर्छन् ।
महोत्सवमा घरेलु हिंसाबाट पिडित व्यक्तिलाई गोप्य रुपमा मनोबैज्ञानिक परामर्श दिने व्यवस्था समेत मिलाइएको छ ।

TOP