Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

मेरिल्याण्डमा बानाको सातौँ सडक महोत्सव सम्पन्न

बानाको सातौँ सडक महोत्सव सम्पन्न भएको छ ।

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापित सामाजिक सँस्था तथा मेरिल्याण्डको छाता संगठन बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना)ले सातौ सडक महोत्सव बिभिन्न कार्यक्रमहरुको प्रस्तुती साथ समापन गरेको हो । बानाले सन् २०१५ देखि नेपालको कला ,संस्कृति ,र नेपालको प्रबर्धन गर्ने हेतुले आयोजना गर्दै आएको महोत्सव २०२४ लाई अझ बिबिध कार्यक्रमहरु थप गरि नेपाल र नेपाली पहिचान गराउन सफल भएको छ ।

बिगतका बर्षहरुमा झैं आयोजना गर्दै आएको सडक महोत्सव मा परेड (झाँकी)प्रदर्शन ,औपचारिक कार्यक्रम ,अमेरिकामा जन्मिएका तथा दोश्रो पुस्ताका ५० जना बालबालिकाहरुको फेशन शो अर्थात् भेषभूषा प्रदर्शनको साथै सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको थियो ।

महोत्सवमा बिशेष गरि मम ,सेलरोटी लगायत बिभिन्न नेपाली परिकारका खानाहरुका प्रदर्शनी कक्ष (स्टल )राखिएका थिए । बिगत बर्ष झैँ यस बर्ष पनि झाँकी ,बिभिन्न जातजातिका महिला तथा पुरुषले आ-आफ्नो भेषभूषा लगाएर महोत्सव स्थल परिक्रमा गरेका थिए। सडकमा महोत्सवमा हस्तकला सामाग्रीहरुको समेत प्रदर्शन गरिएको थियो ।

औपचारिक कार्यक्रम पश्चात सांस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरु ,स्थानीय कलाकार ,अमेरिकामा जन्मेका दोश्रो पुस्ताका बालबालिकाले प्रस्तुति गीत तथा नृत्यहरु प्रस्तुती गरेका थिए । मेरिल्याण्डमा रहेका बिभिन्न संघरसंस्थाको साथ ,समर्थन र सहयोगले सडक महोत्सव सम्पन्न भएको छ ।

TOP