Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

न्यूयोर्कको हिन्दु मन्दिरमा तोडफोड

अमेरिकाको न्यूयोर्कको मेलभिलमा रहेको एउटा हिन्दु मन्दिरमा तोडफोड भएको छ । सोमबार मेलभिलस्थित स्वामी नारायण मन्दिरमा तोडफोड भएको छ ।

मन्दिरमा भारतीय प्रधानमन्त्री मोदीविरुद्ध अपमानजनक शब्द पनि लेखिएको थियो । अज्ञात आक्रमणकारीले यो घटना गराएको बताइएको छ । न्युयोर्कस्थित भारतीय वाणिज्य दूतावासले मन्दिरको तोडफोडको कडा निन्दा गर्दै यसलाई जघन्य अपराध भनेको छ । घटनामा संलग्न अपराधीलाई छिटोभन्दा छिटो कारबाही गर्न माग पनि गरिएको छ । उत्तर अमेरिकाका विभिन्न हिन्दु मन्दिरहरूमा यस्तै घटना भएको दाबी गरिएको छ ।

‘न्युयोर्कको मेलभिलमा रहेको बीएपीएस स्वामीनारायण मन्दिरमा भएको तोडफोड अस्वीकार्य छ । दूतावास समुदायसँग सम्पर्कमा छ र यस जघन्य घटनाका दोषीहरूलाई तुरुन्त कारबाहीका लागि अमेरिकी कानुन प्रवर्तन अधिकारीहरूसँग मुद्दा उठाइएको छ ।’ दूतावासले आफ्नो ट्विटमा लेखेको छ ।

TOP