Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

बाढी र पहिरोका कारण म्यानमारमा २०० भन्दा धेरैको मृत्यु

म्यानमारमा बाढी र पहिरोका कारण मर्नेको सङ्ख्या बढ्दो छ । समुद्री आँधी यागीका कारण आएको बाढी र पहिरोमा परेर २०० जना भन्दा धेरै जनाको मृत्यु भएको त्यहाँको सैन्य सरकारले बताएको छ । अरू ८० जना बेपत्ता रहेको बताइएको छ ।

यस आँधीले भियतनाम, लाओस्, थाइल्यान्ड र म्यानमारमा गएको हप्ता ५०० भन्दा धेरै जनाको मृत्यु भइसकेको सरकारी तथ्याङ्कहरूले देखाएका छन् । यागीका कारण म्यानमारमा पूरै गाउँ ध्वस्त हुँदा २२० जनाको मृत्ुयु भएको छ । सयौँ हजार खेतीयोग्य जमिन ध्वस्त भएका छन् । ५ लाखभन्दा धेरै मानिसलाई तत्कालै खानेकुरा र पिउने पानी, आश्रय र लत्ताकपडा चाहिएको संयुक्त राष्ट्र सङ्घ ९यूएन०ले भनेको छ ।

यो बाढी म्यानमारको हालैको इतिहासमा आएको सबैभन्दा विनाशकारी भएको यूएनले भनेको छ । यागीका कारण थाइल्यान्डमा १० जनाको मृत्यु भएको छ भने लाओसमा एकको मृत्यु भएको थियो । भियतनाममा मृत्यु हुनेको सङ्ख्या २९२ पुग्दा, ३८ जना बेपत्ता छन् । आँधीले २ लाख ३० हजार घरहरूमा क्षति पुगेको थियो ।

TOP