Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

सरकारसँग ज्ञानेन्द्र शाहीको माग : जुम्लाको स्याउलाई बजार दिइयोस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले जुम्लाको स्याउलाई बजारको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले स्याउ नबिकेर जुम्लाका किसान समस्यामा परेको बताए । जुम्लाको स्याउ ७० रुपैयाँ किलोमा पनि नबिक्ने गरेको बताए । आफूले सभामुख देवराज घिमिरेलाई दुई वटा स्याउ दिएको उनले सुनाए । दुई वटामध्ये एउटा विदेशी स्याउ र एउटा स्वदेशी स्याउ रहेको उल्लेख गर्दै उनले भने, ‘त्यो विदेशी स्याउ नखानुहोला सभामुखज्यू।’

विदेशी स्याउमा विभिन्न विषादी मिसाइएको हुने र त्यसले क्यान्सर हुन सक्ने, मानिसको पाचन प्रक्रियामा असर पार्न सक्ने उनले बताए । मानव स्वास्थ्यका लागि हितकर नरहेको विदेशी स्याउ बजारमा पाइने तर, हुम्लामा उत्पादन भएको स्वस्थकर स्याउ बिक्ने अवस्था नरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरे ।

साढे तीन सय रुपैयाँ प्रतिकिलो स्याउ नेपालका भाटभटेनीदेखि ठूला ठूला सुपरमार्केटमा बिकिरहेको तर, जुम्लाका स्याउ ७० रुपैयाँ प्रतिकिलो पनि नबिकिरहेको बताए । ‘जुम्लाका किसानको स्याउ ७० रुपैयाँमा पनि सिण्डिकेडधारीहरू किन्न तयार छैनन्’ उनले भने । यस्तो विषयमा सरकार गम्भीर हुनुपर्ने र स्वदेशी उत्पादनलाई बजारमा ल्याउन भूमिका खेल्नुपर्ने उनको आग्रह छ ।

जुम्लाका किसानले ५० करोड माथिको स्याउ उत्पादन गरेको उनको दाबी छ । ६ अर्बको स्याउ विदेशबाट अयात हुने गरेको उनको दाबी छ । सरकारले गुणस्तर चेक गरेर त्यसअनुसार स्वदेशी उत्पादनलाई बजारमा ल्याउन भूमिका खेल्नुपर्ने उनको आग्रह छ ।

TOP