Trending
युएस खबर संवाददाताराष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने युएस खबर संवाददातासवारीसाधन पूजा गर्नेको भद्रकालीमा भीड युएस खबर संवाददातासुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध युएस खबर संवाददाता२ मोटरसाइकल आपसमा ठोक्किँदा २४ वर्षीय युवकको मृत्यु युएस खबर संवाददातादुई सातापछि खुल्यो बीपी राजमार्ग : कतै एकतर्फी, कहिं दुईतर्फी युएस खबर संवाददाताहुथी लडाकुहरूले अमेरिकी जहाजलाई बनाए निशाना युएस खबर संवाददाताअमेरिकामा मिल्टन आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो युएस खबर संवाददातावर्षमा एकपटक मात्र खुल्ने तलेजु भवानीको दर्शनका लागि बिहानैदेखि लाइन

‘बाबिन्का’आँधीका कारण सांघाईको जनजीवन प्रभावित

‘बाबिन्का’ आँधी सोमबार चीनको सांघाईको तटीय क्षेत्रमा पुगेको छ । चीनको सरकारी सञ्चारमाध्यमले यो सांघाईमा विगत ७५ वर्षमा आएको सबैभन्दा खराब आँधी भएको बताएको छ ।

यस आँधीका कारण सांघाईका हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । चीनको मौसम विभागले सोमबार बिहान साढे सात बजे ( स्थानीय समय) सांघाईको तटीय क्षेत्र लिङ्गाङमा आँधी बाबिन्का आएको जनाएको छ।

बीबीसीकाअनुसार आइतबार साँझ नै महानगरीय क्षेत्रबाट चार लाखभन्दा बढी मानिसलाई सतर्कता अपनाएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

यसबाहेक चोङमिङ जिल्लाबाट पनि नौ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । चोङमिङ यांग्त्जे नदीको मुखमा अवस्थित एउटा टापु हो र यो सांघाईको एक भाग हो। यस आँधीका कारण चीनमा सयौं उडानहरू पनि रद्द भएका छन्। यसबाहेक राजमार्ग पनि बन्द गरिएको छ ।

TOP