Trending
युएस खबर संवाददाताराष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने युएस खबर संवाददातासवारीसाधन पूजा गर्नेको भद्रकालीमा भीड युएस खबर संवाददातासुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध युएस खबर संवाददाता२ मोटरसाइकल आपसमा ठोक्किँदा २४ वर्षीय युवकको मृत्यु युएस खबर संवाददातादुई सातापछि खुल्यो बीपी राजमार्ग : कतै एकतर्फी, कहिं दुईतर्फी युएस खबर संवाददाताहुथी लडाकुहरूले अमेरिकी जहाजलाई बनाए निशाना युएस खबर संवाददाताअमेरिकामा मिल्टन आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो युएस खबर संवाददातावर्षमा एकपटक मात्र खुल्ने तलेजु भवानीको दर्शनका लागि बिहानैदेखि लाइन

राष्ट्रपतिद्वारा संसद्‌को चालु अधिवेशन अन्त्य

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का चालु दुवै सदनको अधिवेशन अन्त्य गरेका छन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेर यस्तो जानकारी दिएको हो।

राष्ट्रपति कार्यालयकी प्रवक्त्ता शैलजा रेग्मी भट्टराइले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संसद्को चालु अधिवेशन अन्त्य गरिएको छ।’

मन्त्रिपरिषदको यही भदौ ३० गतेको बैठकले संसदका दुवै सदनको चालु अधिवेशन सोमबार राति १२ बजेबाट लागू हुनेगरी अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। उक्त सिफारिसअनुसार राष्ट्रपति पौडेलले संसद्‌को चालु अधिवेशन अन्त गरेका हुन्। संसद् अधिवेशन अहिले बसिरहेको छ।

TOP