Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

अमेरिकाको एक विद्यालयबाट भागेका ८ वर्षीय बालक पोखरीमा मृत फेला

अमेरिकाको एक विद्यालयबाट भागेका ८ वर्षीय बालक पोखरीमा मृत फेला परेका छन् ।

अमेरिकाको साउथ क्यारोलाइना राज्यको एक विद्यालयबाट भागेका ८ वर्षीय बालक छिमेकको पोखरीमा मृत फेला परेका हुन् । प्रहरी अधिकारीहरूले साउथ क्यारोलाइनाको एक प्राथमिक विद्यालयमा कक्षाकोठाबाट भाग्दा एक ८ वर्षीय विद्यार्थी पोखरीमा मृत फेला परेको बताएका छन्।

लियोनेल रामिरेज सर्भान्टेस दुई अन्य विद्यार्थी र तीन विद्यालयका कर्मचारीहरूसँग कक्षाकोठामा थिए । जब उनी सभाकक्ष भवनको बाहिर गए । त्यसपछि बार र देख्न नसक्ने अग्लो घाँस भएको मैदानमा पुगेको ग्रीनभिल काउन्टीको एक विद्यालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

त्यस पछि प्रहरीलाई तुरुन्तै बोलाइयो र अधिकारीहरू, विद्यालयका अधिकारीहरू र समुदायका सदस्यहरूले खोजी गर्न थाले। गोताखोरहरूले लियोनेलको शव लगभग चार घण्टा पछि सिम्पसनभिलको बेल्स क्रसिङ इलिमेन्टरी(प्राथमिक बिद्यालय )बाट करिब १,००० फिट (३०० मिटर) नजिकैको पोखरीमा फेला पारेको अधिकारीहरूले भने।

ग्रीनभिल काउन्टी शेरिफ होबार्ट लुईसले एक पत्रकार सम्मेलनमा भने, “आज त्यो विद्यालय र समुदायमा सबैको हृदय दुखेको छ।” बालकको शव फेला पर्नु अघि प्रहरीले उनलाई अटिज्म वा अन्य कुनै गढबढ विकास भएको हुन् सक्ने बताए । प्रहरी सहायक र बिद्यालयका अधिकारीहरूले कसरी बच्चा बिद्यालयको मैदानबाट बाहिर गयो भनेर अनुसन्धान गरिरहेका छन् । तर कर्मचारीहरूले उनलाई समात्ने प्रयास गरेको एबिसीन्यूजले जनाएको छ ।

TOP