Trending
युएस खबर संवाददाताराष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने युएस खबर संवाददातासवारीसाधन पूजा गर्नेको भद्रकालीमा भीड युएस खबर संवाददातासुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध युएस खबर संवाददाता२ मोटरसाइकल आपसमा ठोक्किँदा २४ वर्षीय युवकको मृत्यु युएस खबर संवाददातादुई सातापछि खुल्यो बीपी राजमार्ग : कतै एकतर्फी, कहिं दुईतर्फी युएस खबर संवाददाताहुथी लडाकुहरूले अमेरिकी जहाजलाई बनाए निशाना युएस खबर संवाददाताअमेरिकामा मिल्टन आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो युएस खबर संवाददातावर्षमा एकपटक मात्र खुल्ने तलेजु भवानीको दर्शनका लागि बिहानैदेखि लाइन

दोस्रो पटक आफुमाथि आक्रमण भएपछि ट्रम्पले भने – मलाई चुनावी मैदानबाट कसैले हटाउन सक्दैन

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरि हत्याको प्रयास गरिएको छ । आइतबार फ्लोरिडाको वेस्ट पाम बीचस्थित ट्रम्प इन्टरनेशनल गोल्फ क्लबमा उनीमाथि गोली चलाइएको हो ।
ट्रम्प क्लबको गोल्फ कोर्समा २७५ देखि ४५५ मिटरको दुरिमा उभिएका थिए । सो क्रममा उनिमाथि गाली चलाएको हो । उनका सुरक्षाकमीले तत्काल चारदेखि पाँच राउन्ड फाएर समेत गरेका थिए ।
घटनास्थलमा केही शंकास्पद सामानहरु पनि भेटिएका छन् । एक एके – ४७ शैलीको हतियार, स्कोप, दुईओटा व्याकप्याक र एक गोप्रो घटनास्थलमा फेला परेका छ ।
त्यस्तै प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । उनको विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन ।
घटनालगत्तै ट्रम्पलाई सुरक्षित स्थानमा सारिएको छ । उनलाई कुनै चोटपटक भने लागेको छैन ।
ट्रम्पले आफ्ना समर्थकहरुलाई आफु सकुसल रहेको बताएका छन् । उनि भन्छन् – ‘ मेरो वरिपरि गोलीको आवाज सुनिएको थियो । तर म सुरक्षित छु’
त्यस्तै ट्रम्पले आफुलाई चुनावी मैदानबाट कसैले हटाउन नसक्ने बताएका छन् । उनले भने – ‘चुनावी मैदानबाट मलाई कसैले हटाउन सक्दैन, म आत्मसर्मपन गर्दिन’

केही महिना अघि मात्रै पेन्सिलभेनियामा पनि उनिमाथि आक्रमण भएको थियो । ट्रम्पको कानमा गोली लागेको थियो भने एक दर्शकको मृत्यु भएको थियो ।
अ‍ेमेरिकामा राष्ट्रपतिको चुनाव नजिकिदै गर्दा ट्रम्पमाथि बारम्बार भएको आक्रमणलाई चासोका साथ हेरिएको छ ।

TOP