Trending
युएस खबर संवाददाताराष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने युएस खबर संवाददातासवारीसाधन पूजा गर्नेको भद्रकालीमा भीड युएस खबर संवाददातासुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध युएस खबर संवाददाता२ मोटरसाइकल आपसमा ठोक्किँदा २४ वर्षीय युवकको मृत्यु युएस खबर संवाददातादुई सातापछि खुल्यो बीपी राजमार्ग : कतै एकतर्फी, कहिं दुईतर्फी युएस खबर संवाददाताहुथी लडाकुहरूले अमेरिकी जहाजलाई बनाए निशाना युएस खबर संवाददाताअमेरिकामा मिल्टन आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो युएस खबर संवाददातावर्षमा एकपटक मात्र खुल्ने तलेजु भवानीको दर्शनका लागि बिहानैदेखि लाइन

आज ग्लोबल नेपाली फिल्म अवार्ड, दर्जन बढी सिनेमाकर्मी न्यूयोर्कमा

अमेरिकाको न्यूयोर्कमा सेप्टेम्बर १५ अर्थात आज आइतबार आयोजना हुन लागेको सातौँ ग्लोबल नेपाली फिल्म अवार्डको तयारी सकिएको छ । अवार्ड यो पटक अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स सहरमा हुन लागेको हो ।

कार्यक्रममा वरिष्ठ कलाकर्मीहरु, नयाँ पुस्ताका कलाकर्मीहरु, विदेशमा रहेका नेपाली कलाकर्मी तथा नेपाली चत्रचित्रलाई माया गर्ने वरिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहने भने दर्जन बढी नेपाली सिनेमाकर्मी अहिले न्यूर्याेक पुगिसकेका छन् । कार्यक्रममा सहभागी हुन नेपालबाट बरिष्ठ कलाकारहरु अमेरिका आईपुगेका छन् । हास्यकलाकार केदार घिमीरे माग्ने बुढा, नायीका करिश्मा मानन्धर देखी बरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल न्यूर्याेक पुगेका छन् ।

नेपाल फिल्म सोसाइटी नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए, त्रिवेणी इन्टरटेनमेन्ट यूएसए र दिलकुमारी फाउन्डेशनको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो । नेपाल फिल्म सोसाइटीका अध्यक्षमा वरिष्ठ नायक कृष्ण मल्ल रहेका छन् भने ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएको अध्यक्षमा नायक नवराज श्रेष्ठ रहेका छन् ।

साथै त्रिवेणी इन्टरटेनमेन्ट यूएसए र दिलकुमारी फाउन्डेशनका नवराज केसी र खाम भट्टको व्यवस्थापन रहनेछ । कार्यक्रमलाई भव्य र सभ्य ढंगले सम्पन्न गर्न आफूहरु तयारीमा जुटेको अध्यक्ष श्रेष्ठले बताए । कार्यक्रममा १०० देखि १५० जनासम्म कलाकारहरु तथा अन्य विशिष्ट व्यक्तित्वहरु माझ उक्त अवार्ड कार्यक्रम सम्पन्न हुने त्रिवेणी इन्टरटेनमेन्ट यूएसएका नवराज केसीले जानकारी दिएका छन् ।

TOP