Trending
युएस खबर संवाददाताराष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने युएस खबर संवाददातासवारीसाधन पूजा गर्नेको भद्रकालीमा भीड युएस खबर संवाददातासुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध युएस खबर संवाददाता२ मोटरसाइकल आपसमा ठोक्किँदा २४ वर्षीय युवकको मृत्यु युएस खबर संवाददातादुई सातापछि खुल्यो बीपी राजमार्ग : कतै एकतर्फी, कहिं दुईतर्फी युएस खबर संवाददाताहुथी लडाकुहरूले अमेरिकी जहाजलाई बनाए निशाना युएस खबर संवाददाताअमेरिकामा मिल्टन आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो युएस खबर संवाददातावर्षमा एकपटक मात्र खुल्ने तलेजु भवानीको दर्शनका लागि बिहानैदेखि लाइन

टेक्सासमा कन्सुलर कार्यालयको माग गर्दै सांसद शाहीले परराष्ट्रमन्त्री आरजु राणालाई बुझाए ज्ञापनपत्र

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले टेक्सासमा कन्सुलर कार्यालयको माग गर्दै परराष्ट्रमन्त्री आरजु राणालाई बुझाए ज्ञापनपत्र बुझाएका छन् । उनले आरजु राणाको कार्यकक्षमै पुगेर ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा अमेरिकामा बसोबास गर्ने करिब ७ लाख भन्दा बढि नेपालीको सहजताको माग गरिएको छ । क्यालिफोर्निया, टेक्सस, क्लोराडो लगाएतका ठाउमा बसोवास गर्ने नेपालीलाई कागजी काम कारबाहीका लागि दुःख भइरहेको हुँदा आवश्यक पहल गरि टेक्सासमा कन्सुलर कार्यालय खोल्न माग गरिएको छ । ज्ञापन पत्रमा भनिएको छ – ‘क्यालिफोर्निया, टेक्सस, क्लोराडो लगायतका क्षेत्रमा करिब ४ लाख बराबर नेपालीहरु बसोबास गर्दछन् र हाम्रो नेपाली राजदुताबास वासिङटन डिसिमा अवस्थित छ । नेपाली दुतावासदेखि क्यालिफोर्नियासम्म ४५२५ किलोमिटर र डालस देखि डिसि सम्म २१४० किलोमिटर लामो दुरि रहेको छ, त्यहाँ बसोबास गर्ने नेपालीहरुले हरेक कागजी काम कारबाहीका लागि दुःख खेपिरहेको अबस्था छ । यो समस्या समाधानका लागि टेक्सस एउटा कान्सुलर कार्यालय व्यवस्थापन गर्नाका लागि मन्त्रीज्यू मार्फत आवश्यक पहल गरी दिनुहुन माननीय मन्त्रीज्यूलाई हार्दिक अनुरोध गर्दछु ।’


पछिल्लो केहि दिनयता शाहीले अमेरिकामा रहेका नेपालीको पक्षमा आवाज उठाइरहेका छन् । उनले अमेरिका भ्रमणबाट फर्किए लगत्तै सदनमा समेत उक्त विषय उठाएका थिए । प्रधानमन्त्री लगत्तै अमेरिका जाने सन्दर्भ जोड्दै उनले टेक्सासमा एउटा कन्सुलर कार्यालय खोल्न सके प्रधानमन्त्रीको भ्रमण सफल हुने बताएका थिए ।

TOP