Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

काठमाडौंमा अन्तर्राष्ट्रिय सामाजिक संरक्षण सम्मेलन सुरु

काठमाडौंमा बिहीबारदेखि दुई दिने दोस्रो अन्तर्राष्ट्रिय सामाजिक संरक्षण सम्मेलन सुरु भएको छ। नेपाल सरकार, राष्ट्रिय योजना आयोग, युनिसेफ र विश्व बैंकको संयुक्त आयोजनामा भएको यस सम्मेलनमा विश्वभरका विज्ञहरू सहभागी छन्।

“उत्थानशील तथा समावेशी सामाजिक संरक्षण: मानव पूँजी निर्माणमा लगानी” शीर्षकमा आयोजित यस सम्मेलनको उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गरे। सम्मेलनले गरिबी न्यूनीकरण, उत्थानशीलता निर्माण र भावी पुस्ताको मानव पुँजीमा लगानी गर्न सामाजिक संरक्षणको प्रभावकारी उपयोगबारे छलफल गर्ने लक्ष्य राखेको छ।

अर्थमन्त्री पौडेलले नेपालले मानव पुँजी निर्माणमा लगानी बढाइरहेको र थप समावेशी सामाजिक संरक्षण प्रणाली निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले सोह्रौं योजनामा मानव पुँजी निर्माणलाई उच्च प्राथमिकता दिइएको र बालबालिकामा लगानी बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

युनिसेफका दक्षिण एशिया क्षेत्रीय निर्देशक सञ्जय विजेसेकराले प्रारम्भिक वर्षहरूमा लगानी गरेर गरिबीको अन्तरपुस्ता चक्र तोड्न सकिने बताए। सम्मेलनमा नेपाल सरकार, युनिसेफ, विश्व बैंक, र विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूको सहभागिता रहेको छ।
यस सम्मेलनले सन् २०१९ को पहिलो सम्मेलनका मुद्दाहरूलाई अगाडि बढाउने र बाल अनुदान विस्तार, एकीकृत सामाजिक लगत स्थापना, र रोजगारी तथा सामाजिक सुरक्षाजस्ता नीतिगत विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।

TOP