पशुपतिमा सन्चालन भएको कोटिहोममा आफुलाइ घाटा भएको आयोजकको दाबि
पशुपतिमा सन्चालन भएको कोटिहोममा आयोजकले आफुलाइ घाटा भएको दाबि गरेका छन् |
आयोजक कृष्णमूर्तिले ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ लगाउँदा घाटा भएको दाबीसहितको हिसाबकिताब सार्वजनिक गरेका छन्। आयोजक कृष्णमूर्तिले बिहीबार पत्रकार सम्मेलन गर्दै कोटिहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको जानकारी दिए ।
यस्तै, कोटिहोमका लागि २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको उनले बताए । यस अनुसार ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको कृष्णमुर्तिले दावी गरे । महायज्ञमा कबोल भएकोमध्ये डेढ करोडदेखि २ करोड रुपैयाँ उठ्न बाँकी रहेको समेत उनले बताए ।
‘एक युगमा एक पटक इतिहासमै पहिलो पटक’ भन्ने नाराका साथ पशुपतिको (वनकाली) हंस मण्डपमा साउन १ गतेदेखि महिनाभर कोटिहोम भएको थियो ।