Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

रवि लामिछानेविरूद्ध पोखरामा सहकारी पीडितको नाराबाजी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितले नाराबाजी गरेका छन्।

पोखराको विरौटास्थित ग्यालेक्सी ब्याङ्क्वेटमा पार्टीको प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुन लागेका सभापति लामिछानेविरुद्ध पीडितले मंगलबार दिउँसो नाराबाजी गरेका हुन्। उक्त ब्याङ्क्वेटमा रास्वपा प्रदेशस्तरीय प्रशिक्षण चलिरहेको छ।

सहकारी ठगीमा सभापति लामिछानेको संलग्नता देखेर विरोधस्वरुप नाराबाजी र कालो झण्डा देखाएको सुर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए। ‘रवि लामिछाने पोखरा आउने कुरा थाहा नै थिएन, थाहा पाउनेबित्तिकै हामी गएर नाराबाजी र कालो झण्डा देखायौं,’ उनले भने।

पीडितले सहकारीको पैसाले पार्टी खोल्न पाइँदैन, सहकारी ठग मुर्दावाद, जिबी राई कहाँ छ, रवि लामिछानेलाई थाहा छ जस्ता नारा लगाएका थिए।

सभापति लामिछाने सहकारी ठगीमा संलग्न भएको आरोपमा पीडितले पूरक जाहेरी दिएका थिए।

पोखरा महानगरपालिकाले गरेको छानबिन प्रतिवेदनमा पनि लामिछानेले ग्यालेक्सी टेलिभिजन सञ्चालक कम्पनी गोर्खा मिडियाको नाममा लामिछानेले एक करोड रुपैयाँ ऋण लिएर उक्त ऋण तिरेको देखाएको छ।

लामिछाने प्रबन्ध निर्देशक एवं सेयर सदस्य रहेको टेलिभिजनमा पोखराको सुर्यदर्शन लगायत देशका विभिन्न सहकारीमा सर्वसाधारणले राखेको बचत लगानी गरेका थिए। सहकारी ऐनले सहकारीमा राखिएको रकम कम्पनीमा लगानी गर्नु नपाउने उल्लेख छ।

TOP