Trending
युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया

क्यानडा र ओमानविरूद्ध भिड्ने नेपाली टोलीमा दुई खेलाडीको पुनरागमन

आइसिसी विश्वकप लिग-२ अन्तर्गत क्यानडा र ओमानविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ।

टोलीमा तीव्र गतिका बलर रिजन ढकाल र विकेटकिपर ब्याटर अर्जुन साउदले पुनरागमन गरेका छन्। क्यानडामा हुने एकदिवसीय सिरिज भदौ ३१ देखि सुरू हुनेछ। त्यसका लागि नेपाली टोली भोलि जादैछ। असोज १० गते एकदिवसीय सिरिज सकिएपछि असोज १२ बाट टी-२० सिरिज सुरु हुनेछ।

दुवै सिरिज नेपालले चार-चार खेल गरी कुल ८ खेल खेल्नेछ। नेपालले क्यानडामा लिग(२ को दोस्रो सिरिज खेल्न लागेको हो। यसअघि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेलेको थियो।

नेदरल्यान्ड्स र नामिबियाविरुद्धको सो सिरिजमा नेपालले एक खेल मात्र जित्दा तीन खेलमा पराजय भोगेको थियो।

क्यानडामा खेलेपछि नेपाली टोलीले अमेरिकामा अर्को सिरिज खेल्नेछ। अक्टोबरमा हुने सिरिजमा अमेरिका, नेपाल र स्कटल्यान्ड भिड्नेछन्।

TOP