Trending
युएस खबर संवाददाताराष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने युएस खबर संवाददातासवारीसाधन पूजा गर्नेको भद्रकालीमा भीड युएस खबर संवाददातासुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध युएस खबर संवाददाता२ मोटरसाइकल आपसमा ठोक्किँदा २४ वर्षीय युवकको मृत्यु युएस खबर संवाददातादुई सातापछि खुल्यो बीपी राजमार्ग : कतै एकतर्फी, कहिं दुईतर्फी युएस खबर संवाददाताहुथी लडाकुहरूले अमेरिकी जहाजलाई बनाए निशाना युएस खबर संवाददाताअमेरिकामा मिल्टन आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो युएस खबर संवाददातावर्षमा एकपटक मात्र खुल्ने तलेजु भवानीको दर्शनका लागि बिहानैदेखि लाइन

सामूहिक हत्या मुद्दा चलाउन शेख हसिनालाई स्वदेश फर्काउने तयारी

बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले भारतमा रहेकी अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउन कदम चालिने बताएको छ। विद्यार्थी आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री हसिना गत अगस्ट ५ का दिन भागेर भारत गएकी हुन्। हाल उनी भारतमै छिन्।

बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणका प्रमुख अभियोजक मोहम्मद ताजुलले भारतसँगको सुपुर्दगी सन्धिअनुसार हसिनालाई फिर्ता ल्याउन आवश्यक कदम चालिने बताएका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार सामूहिक हत्याको आरोपमा मुद्दा अघि बढाउन हसिनालाई स्वदेश फर्काउन लागिएको हो।

अन्तरिम सरकारका स्वास्थ्य सल्लाहकार नुरजहाँ बेगमका अनुसार हसिना नेतृत्वको सरकारविरुद्धको आन्दोलनका क्रममा एक हजारभन्दा बढीको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्।

ढाकाको न्यायाधिकरण परिसरमा पत्रकार सम्मेलनमा प्रमुख अभियोजक ताजुलले भने, ‘जब अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले आफ्नो काम पुनः सुरु गर्छ, हामी शेख हसिनालगायत सबै फरार अभियुक्तहरूविरुद्ध सामूहिक हत्या र मानवता विरुद्धको अपराधमा पक्राउ पुर्जी जारी गर्न आवेदन दिनेछौँ।’

TOP