Trending
युएस खबर संवाददाताराष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने युएस खबर संवाददातासवारीसाधन पूजा गर्नेको भद्रकालीमा भीड युएस खबर संवाददातासुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध युएस खबर संवाददाता२ मोटरसाइकल आपसमा ठोक्किँदा २४ वर्षीय युवकको मृत्यु युएस खबर संवाददातादुई सातापछि खुल्यो बीपी राजमार्ग : कतै एकतर्फी, कहिं दुईतर्फी युएस खबर संवाददाताहुथी लडाकुहरूले अमेरिकी जहाजलाई बनाए निशाना युएस खबर संवाददाताअमेरिकामा मिल्टन आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो युएस खबर संवाददातावर्षमा एकपटक मात्र खुल्ने तलेजु भवानीको दर्शनका लागि बिहानैदेखि लाइन

ममता काफ्ले घटना प्रकरणमा नयाँ मोड – सिग्नल हिल पार्कमा सर्च अपरेसन

ममता काफ्ले घटना प्रकरणले अमेरिकामा नयाँ मोड लिएको छ । अमेरिकाको भजिर्नियाबाट बेपत्ता भएकी ममता काफ्ले भट्टबारे अनुसन्धान गर्न मनसास पार्क प्रहरी दिन रात नभनि लागि परिरहेको छ । साउन १५ बाट हराईरहेकि ममताबारे यकिन तथ्य बाहिर नआए पनि उनको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

यतिबेला प्रहरीले ममता काफ्लेको घरबाट दुई माइलको दुरीमा पर्ने सिग्नल हिल पार्कमा सर्च अपरेसन चलाएको छ । त्यहाँ घटना सँग सम्बन्धित केही चिजहरु संकलन गरिएको हुँदा त्यी विषय अनुसन्धानसँग जोडिने किसिमका हुन या होइनन् भन्ने विषयमा जाँच भइरहेको छ ।

उनका श्रीमान् नरेश भट्टलाई नियन्त्रणमा लिएर सुरु गरेको अनुसन्धानले प्रहरीलाई त्यहाँसम्म पुर्‍याएको मनसास पार्क प्रहरी प्रमुखले बताएका छन् । सिग्नल हिल पार्कमा सर्च गरिरहँदा काफ्लेलाई न्याय माग्दै समर्थकहरुले शान्तिपूर्ण प्रदर्शन समेत गरेका थिए । ममताका साथी, सहकर्मी र अधिकारकर्मीले पार्क बाहिर ममतालाई न्याय माग गर्दै प्ले कार्ड बोकेर बसेका थिए ।

ममता १५ साउनबाट सम्पर्कविहीन भएकी थिइन् भने घरमा धेरै रगत बगेकोसहितका तथ्यहरु फेला परेपछि मनसास पार्क प्रहरीले ७ भदौमा नरेशलाई पक्राउ गरेको थियो । नरेश र ममताको घरमा शंकास्पद सामान पनि भेटिएको थियो । घरबाट कार्पेट लगाएत केही सफाइका सामान समेत प्रहरीले लिएको थियो । कोठाभित्र झगडापछि रगक्ताम्मे भएको शरीरलाई बाथरुमसम्म घिसारेर लगेको हुनसक्ने अधिकृतहरुको आशंका छ । अहिले सार्वजनिक भएको कोठा र बाथरुमका तस्वीरहरुले पनि त्यो शंकालाई बल पुर्‍याएको छ । अधिकृतहरुले कोठामा रगत भए नभएको पहिचान गर्न ब्लूस्टार प्रविधि प्रयोग गरेका थिए, त्यसअनुसार, रगत भएको स्थानमा अँध्यारो पारेर हेर्दा निलो रंग देखिन्थ्यो ।

यसरी जाँच गर्दा जति रगतको मात्रा देखिएको छ, त्यसको आधारमा उनी जीवित हुने सम्भावना नरहेको अधिकृतहरुले बताएका थिए । अदालतमा भएको सुनवाइका क्रममा अभियोजक तर्फका वकिलहरुले गरेको बहस अनुसार, ममता जीवित नभएको प्रहरीले निष्कर्ष निकालेको छ । तर भट्टका पक्षमा बहस गर्ने वकिलहरुले भने शरीरबिनै यस्तो गम्भिर आरोप लगाएको भन्दै धरैटीमा रिहा हुनुपर्ने माग गर्दै आएका थिए । अदालति बहस लगत्तै भट्ट समाजका लागि समेत खतरा हुनसक्ने भन्दै उनलाई थुनामा राख्ने आदेश सुनाइएको थियो ।

TOP