Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

डालसमा सफल“ नमस्ते फर्निचर” अब हेरिसबर्गमा

अमेरिकाको टेक्सस राज्यको डालसमा रहेको नेपाली समुदायको पहिलो फर्निचर स्टोर “नमस्ते फर्निचर” ले पेन्सलभेनिया राज्यको राजधानी हेरिसबर्गमा आफ्नो आउटलेट विस्तार गरेको छ।

हेरीसबर्गको Union Square plazza मा स्थापना गरिएको “ नमस्ते फर्निचर हेरीसबर्ग” को यसै साता एक समारोहका बिच ग्रान्ड ओपनिङ गरिएको हो। गुरु पुरोहितले विधिपूर्वक पूजा आराधना गरेपछि कलाकार तथा जनप्रतिनिधिहरूले रिबन काटेर आउटलेटकोसमुद्घाटन गरेका थिए।

नेपाली चलचित्र जगतकी एक समयकी चर्चित नायिका सारंगा श्रेष्ठ , अमेरिकामानै रहेका नायक मुकेश ढकाल , सुस्केहन्ना टाउनसिप कमिसनर फ्रेड फेलोना र भुटनिज कम्युनिटी अफ ह्यारिसबर्गका अध्यक्ष तिलक निौलाले संयुक्त रुपमा रिबन काटेर शुभारम्भ गरेको सो समारोहमा अतिथिहरुले नेपाली समुदायबाट फर्निचर स्टोर खोलिनु सुखद भएको भन्दै शुभकामना दीएका थिए ।

नमस्ते फर्निचर ह्यारिसबर्गमा ह्यारिसबर्गकै बासिन्दा भवानी महत , टेक्सस बासिन्दा सञ्चारकर्मी तथा चलचित्र निर्देशक सुरेश दर्पण पोखरेलको साथमा बल्लभ पौडेल र रोशन घिमिरेको संयुक्त लगानी रहेको छ ।

सो अवसरमाउच्च गुणस्तरीय फर्नीचर सुपथ मुल्य उपलब्ध गराऊने उद्देश्य सहित नेपाली समुदाय रहेका विभिन्न शहरहरुमा स्टोर विस्तार गर्ने लक्ष अनुरूप अब छिट्टै अर्को शाखा ओहायोमा खोल्न लागीएको पनि जानकारी गराईएको थियो ।

TOP