Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

मुना हत्या प्रकरण : छोरीको अन्त्येष्टिका लागि आमा अमेरिका प्रस्थान

अमेरिकाको ह्युस्टनमा गोली हानी हत्या गरिएकी २१ वर्षीया मुना पाण्डेको अन्त्येष्टिका लागि उनकी आमा अनिता अधिकारी पाण्डे बिहीबार बिहान अमेरिका उडेकी छिन् । छोरीको हत्यापछि अनिताले अमेरिका जानका लागि भिसा आवेदन दिएकी थिइन् । काठमाडौंस्थित अमेरिकी दूतावासबाट भिसा पाएपछि उनी अमेरिका गएकी हुन् ।

एनआरएनको सहयोगमा छोरीको सद्गतका लागि अमेरिका जान लागेकी उनले बताइन् । अमेरिकामा रहेका एनआरएनका पदाधिकारीलगायत त्यहाँ रहेका आफन्तजन र नेपालीको सहयोगमा छोरीको अन्त्येष्टि गरिने छ । पाँच दिनपछि भदौ २४ मा मुनाको दाहसंस्कार गरिने कार्यक्रम छ ।

उनले छोरीको हत्यामा संलग्नलाई कडा कानुनी कारबाहीको माग गर्दै आएकी छिन् । ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषयमा अध्ययनरत मुना सन् २०२१ मा अमेरिका गएकी थिइन् ।

मुनाको ह्युस्टन राज्यस्थित हिलक्रप्ट नजिक उनी बस्दै आएको अपार्टमेन्टमा भदौ ११ मा गोली हानी हत्या गरिएको थियो । हत्या अभियोगमा गत भदौ १३ मा अमेरिकी प्रहरीले बबीसिंह साह नामका व्यक्तिलाई पक्राउ गरेको छ ।

TOP