Trending
युएस खबर संवाददाताअरुणिमा लम्साल अभिनित ‘घर बट इन अमेरिका’को टिजर सार्वजनिक युएस खबर संवाददातारवि लामिछानेविरूद्ध पोखरामा सहकारी पीडितको नाराबाजी युएस खबर संवाददाताझगडाको क्रममा गोली चल्दा अमेरिकाको मेरिल्याण्डमा एक विद्यार्थीको मृत्यु युएस खबर संवाददाताअमेरिकामा हत्या गरिएकी नेपाली विद्यार्थी मुनाको अन्त्येष्टि युएस खबर संवाददातालिग २ खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ युएस खबर संवाददाताक्यानडा र ओमानविरूद्ध भिड्ने नेपाली टोलीमा दुई खेलाडीको पुनरागमन युएस खबर संवाददातासामूहिक हत्या मुद्दा चलाउन शेख हसिनालाई स्वदेश फर्काउने तयारी युएस खबर संवाददातागंगालालमा राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण सुरु

‘हेर्ने कथा’ बाट चर्चामा आएका प्रकाशले घरमै पाए नागरिकता

‘हेर्ने कथा’ कार्यक्रम मार्फत चर्चामा आएका प्रकाश मोक्तानले आफ्नो जन्मथलो भोजपुरमा नागरिकता प्राप्त गरेका छन्। षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले आइतबार उनलाई औपचारिक रूपमा नागरिकता हस्तान्तरण गरेका हुन्।

३५ वर्षपछि परिवारसँग पुनर्मिलन भएका प्रकाशले अब नयाँ जीवनको सुरुवात गर्ने भएका छन्। नागरिकता प्राप्त गरेसँगै उनी अब बैंक खाता खोल्ने तयारीमा छन्।

गोरखाबाट भोजपुर फर्किएपछि प्रकाशलाई नागरिकता दिइएको हो। ‘हेर्ने कथा’ मार्फत उनको कथा सार्वजनिक भएपछि धेरैको मन छोएको थियो। दशैँ तिहारको अवसरमा भोजपुर आएका उनी फेरि गोरखा फर्किएका थिए।

प्रकाशलाई गोरखाका साहू टासी लामाले १० लाख रुपैयाँ र चुमनुव्री गाउँपालिकाले १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। नागरिकता प्राप्त गरेपछि उनलाई यी रकम हस्तान्तरण गरिने जनाइएको छ।

नागरिकता हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यालयका प्रमुख विनोद ज्ञवाली, र नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईँ पनि उपस्थित थिए।

TOP