Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

ममताका श्रीमान माथी हत्याको आरोप, हत्या घरभित्र गरेको र हत्यामा प्रयोग चक्कु समेत बरामद

ममता काफ्ले भट्टका श्रीमान अदालतमा हाजिरी भएका छन् भने  अभियेजकहरुले पति नरेश भट्टलाई हत्या गरेको आरोप लगाएका छन् । उनि अगस्त २३ शुक्रवार बिहान ८ः३० मा प्रिन्स विलियम काउन्टी अदालतमा हाजिर भए्का थिए ।

शव घरबाट ओसारेको प्रमाण फेला परेको उनले वालमार्टबाट ३ वटा छुरा किनेको देखिएको छ भने ३ मध्ये १ छुरा प्रहरीले फेला पारेको छ । 

नरेश भट्टलाई आफ्नी पत्नीको हत्या गरेको आरोप लगाउँदै ममताको  शरीरलाई  घिसारेको आरोप लगाएका छन्।

केही सातादेखि बेपत्ता रहेकी २८ वर्षीया ममताको हत्या गरेको आरोप अभियोजकहरूले लगाएका छन् । तर उनको शव पत्ता नलागेको कारण उनी अहिले शव लुकाएर राखेको अभियोगमा वर्ग ६ को मुद्धा खेपिरहेको फक्सन्यूजले जनाएको छ ।

 न्यायाधीशले शुक्रबार नरेशलाई रिहा गर्न अस्वीकार गरे र उनी हिरासतमा रहेका छन्।  उहाँको प्रारम्भिक सुनुवाइ अक्टोबर २४ मा हुने भएको छ ।

उनि लाउडन काउन्टीको एक कफि पसलमा पनि देखिएको समाचारमा उल्लेख छ । उनले प्रहरीलाई जुलाई २७ मा न्यूयोर्क र टेक्सस गएको समेत झूटो बोलेका थिए। वि त्यस्तै अधिकारीहरुका अनुसार ममताको सेलफोन अन्तिम पटक लाउडन काउन्टीमा पत्ता लागेको थियो ।

ब्लुस्टार नामक एक टेक्नोलोजी( प्रविधी) प्रयोग गरेर अन्वेषकहरूले रगत पत्ता लगाएका छन्।

कागजातहरू अनुसार घरको मुख्य शयन कक्षमा प्रवेश गर्दा उनीहरूले ओछ्यान अगाडि सारिएको फेला पारेका थिए ।

साथै जासुसहरुले गलैचामा हल्का गुलाबी दाग ​​देखेको , र रगत भएको शंका गरेको फक्स न्यूज५ ले जनाएको छ ।

मुख्य शयनकक्षको सौचालयमा पनि रगत भएको देखेको अदालती कागजातमा जनाईएको छ।

TOP