Trending
युएस खबर संवाददाताराष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने युएस खबर संवाददातासवारीसाधन पूजा गर्नेको भद्रकालीमा भीड युएस खबर संवाददातासुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध युएस खबर संवाददाता२ मोटरसाइकल आपसमा ठोक्किँदा २४ वर्षीय युवकको मृत्यु युएस खबर संवाददातादुई सातापछि खुल्यो बीपी राजमार्ग : कतै एकतर्फी, कहिं दुईतर्फी युएस खबर संवाददाताहुथी लडाकुहरूले अमेरिकी जहाजलाई बनाए निशाना युएस खबर संवाददाताअमेरिकामा मिल्टन आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो युएस खबर संवाददातावर्षमा एकपटक मात्र खुल्ने तलेजु भवानीको दर्शनका लागि बिहानैदेखि लाइन

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै १ लाख ५३ हजार पुग्यो

बुधबार सुनको मूल्यमा फेरि नयाँ रेकर्ड बनेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दा नेपाली बजारमा पनि सुनको मूल्य बढिरहेको छ । बुधबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले वृद्धि हुँदा १ लाख ५३ हजारमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य अहिलेसम्मकै उच्च पुगेको हो । यसअघि २ भदौमा सुनको मूल्य तोलाको १ लाख ५२ हजार ६०० थियो । उक्त रेकर्ड तोड्दै बुधबार नयाँ रेकर्ड बनेको हो ।

चाँदीको मूल्य पनि बुधबार तोलामा १५ रुपैयाँले वृद्धि भएर १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

TOP