Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

अफ्रिका बाहिर पनि देखियो एमपक्स संक्रमण

अफ्रिका बाहिर पहिलोपटक एमपक्स (पहिलेको नाम मंकीपक्स) संक्रमण पुष्टि भएको छ।

स्विडेनको सार्वजनिक स्वास्थ्य एजेन्सीले संक्रमित व्यक्तिलाई अफ्रिकामा बस्दा एमपोक्स भएको जनाएको छ।

अफ्रिकाका केही भागमा एमपोक्स रोग फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सार्वजनिक स्वास्थ्य आपत्‌काल घोषणा गरेको छ।

स्विडेनको पब्लिक हेल्थ एजेन्सीका कार्यवाहक प्रमुख ओलिभिया विग्जेलका अनुसार संक्रमित व्यक्तिले स्टकहोममा उपचार गराउन आग्रह गरेका थिए ताकि अन्य व्यक्तिमा संक्रमण सर्न नपाओस्। डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले अफ्रिका र त्यसभन्दा बाहिर पनि यो रोग फैलिने सम्भावनाप्रति चिन्ता व्यक्त गरेका थिए।

एमपक्स एक संक्रामक रोग हो, जसलाई पहिले मंकीपक्सका भनेर पनि भनिन्थ्यो। अफ्रिकी मुलुक कंगोमा यो रोगबाट प्रारम्भिक चरणमा ४५० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन्।

TOP