Trending
युएस खबर संवाददाताअरुणिमा लम्साल अभिनित ‘घर बट इन अमेरिका’को टिजर सार्वजनिक युएस खबर संवाददातारवि लामिछानेविरूद्ध पोखरामा सहकारी पीडितको नाराबाजी युएस खबर संवाददाताझगडाको क्रममा गोली चल्दा अमेरिकाको मेरिल्याण्डमा एक विद्यार्थीको मृत्यु युएस खबर संवाददाताअमेरिकामा हत्या गरिएकी नेपाली विद्यार्थी मुनाको अन्त्येष्टि युएस खबर संवाददातालिग २ खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ युएस खबर संवाददाताक्यानडा र ओमानविरूद्ध भिड्ने नेपाली टोलीमा दुई खेलाडीको पुनरागमन युएस खबर संवाददातासामूहिक हत्या मुद्दा चलाउन शेख हसिनालाई स्वदेश फर्काउने तयारी युएस खबर संवाददातागंगालालमा राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण सुरु

गठ्ठाघर दुर्घटनामा ज्यान गुमाउने ६५ वर्षका वृद्ध

बिहीबार दिउँसो (साउन ३१ गते) भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट ज्यान गुमाएका पुरुषको सनाखत भएको छ। मृतक ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भई हाल काठमाडौँको कपन बस्ने ६५ वर्षका उत्तम कोइराला रहेको पुष्टि भएको जिल्ला प्रहरी परिसरका डीएसपी राजन कार्कीले जानकारी दिए।

‘आफन्त आएर मृतकको सनाखत गरेका हुन्,’ डीएसपी कार्कीले भने, ‘शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।’ कोइराला सवार बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो पौने २ बजे गट्ठाघरमा ना.६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो।

शुरुमा स्कुटरमा ज्यान गुमाउने व्यक्ति आफ्नी बहिनी रहेको भन्दै एक युवकले दाबी गरेका थिए । दिउँसो घटनास्थलमै पुगेर उनले मृतक महिला आफ्नी बहिनी हुन् भन्ने दाबी गरेपछि उनी घटनास्थलबाट हिँडेका थिए। मृतक महिला नभएर पुरुष भएको पुष्टि साँझ मात्रै भएको थियो। त्यसपछि प्रहरीले उनलाई खोजेर पक्राउ गरेको हो।

बिहीबार दिउँसो गट्ठाघरमा बा४९प ८९४४ नम्बरको स्कुटरलाई ना६ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको थियो। सुरुमा प्रहरीले मृतकलाई महिला भन्दै घटना विवरण सार्वजनिक गरेको थियो। पछि अनुसन्धानको क्रममा मृतक महिला नभएर पुरुष भएको खुलेको थियो।

भक्तपुरको गट्ठाघरमा बिहीबार दिउँसो ट्रकको ठक्करबाट ज्यान गुमाउने स्कुटर चालक महिला हो कि पुरुष भनेर छुट्याउनै प्रहरीलाई झण्डै पाँच घण्टा लागेको थियो ।

दुर्घटनापछि फरार रहेका ट्रकका चालक पछि आफै प्रहरीको सम्पर्कमा आएका थिए । सर्लाहीको मलंगवा नगरपालिका २ घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठ बिहीबार साँझ ७ बजेतिर काठमाडौंको बानेश्वर प्रहरी वृत्तमा आफै उपस्थित भएका हुन्। स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएपछि उनी गट्ठाघरबाट फरार भएका थिए।

ट्रकले स्कुटरलाई ठक्कर दिएलगत्तै अवस्था तनावग्रस्त भएको थियो । दुर्घटना भएलगत्तै प्रहरी र सर्वसाधारणबिच ढुंगा हानाहान भएको थियो । दुर्घटनापछि मानिसहरू भेला भएर सडक अवरोध गरेका थिए। आक्रोशित भिडले स्कुटर चालकलाई ठक्कर दिने ट्रकको सिसा तोडफोड गरेका थिए।

TOP