Trending
युएस खबर संवाददाताअरुणिमा लम्साल अभिनित ‘घर बट इन अमेरिका’को टिजर सार्वजनिक युएस खबर संवाददातारवि लामिछानेविरूद्ध पोखरामा सहकारी पीडितको नाराबाजी युएस खबर संवाददाताझगडाको क्रममा गोली चल्दा अमेरिकाको मेरिल्याण्डमा एक विद्यार्थीको मृत्यु युएस खबर संवाददाताअमेरिकामा हत्या गरिएकी नेपाली विद्यार्थी मुनाको अन्त्येष्टि युएस खबर संवाददातालिग २ खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ युएस खबर संवाददाताक्यानडा र ओमानविरूद्ध भिड्ने नेपाली टोलीमा दुई खेलाडीको पुनरागमन युएस खबर संवाददातासामूहिक हत्या मुद्दा चलाउन शेख हसिनालाई स्वदेश फर्काउने तयारी युएस खबर संवाददातागंगालालमा राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण सुरु

अमेरिका पुगे राप्रपा सांसद ज्ञानेन्द्र शाही, यसरी गरियो सम्मान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता तथा संसदीय दलका मुख्य सचेतक ज्ञानेन्द्र शाहीको अमेरिका भ्रमणमा नेपाली समुदायले भव्य स्वागत गरेको छ। टेक्सासको ड्यालसमा आयोजित एक विशेष कार्यक्रममा शाहीलाई सम्मानित गरिएको हो।

कार्यक्रमस्थलमा नेपालका पूर्व राजाहरु पृथ्वी नारायण शाहदेखि ज्ञानेन्द्र शाहसम्मका तस्वीरहरु राखिएको थियो। कार्यक्रमको सुरुवातमा पृथ्वी नारायण शाहको तस्वीरमा माल्यार्पण गरी आधुनिक नेपालका संस्थापकलाई सम्मान गरिएको थियो।

शाहीले कार्यक्रममा सहभागीहरुसँगको अन्तरक्रियामा एनआरएन नागरिकताको चर्को आलोचना गर्दै यसलाई ‘चिर्कटो’को संज्ञा दिए। उनले राजनीतिक अधिकारसहितको नागरिकताका लागि पहल गर्न आह्वान गरे।

राप्रपाले गैरआवासीय नेपालीहरुप्रति स्पष्ट धारणा राखेको उल्लेख गर्दै शाहीले भने, “तपाईहरु एक पटक नेपाली भैसक्नुभएको छ। पटक पटक नेपाली हुँ भनिरहनु पर्दैन। हाम्रो दलको स्पष्ट धारणा छ, एकपटकको नेपाली सधैँको नेपाली हो।”

कार्यक्रममा सहभागीहरुले नेपालको राजनीतिक अवस्था, प्रवासी नेपालीका समस्या र अपेक्षा लगायतका विषयमा शाहीसँग छलफल गरेका थिए। शाहीले अमेरिकाको अनुभवलाई नेपालमा लागू गर्ने प्रतिबद्धता जनाएका छन्।

शाहीको अमेरिका भ्रमण र कार्यक्रममा पूर्व राजाहरुको तस्वीर राखिएको विषयले नेपाली राजनीतिमा चर्चा बटुलेको छ।

TOP