Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

जसले पेरिस ओलम्पिकमा सबैभन्दा बढी पदक जितिन्

फ्रान्सको राजधानी पेरिसमा जुलाई २६ देखि सञ्चालित ओलम्पिक खेलकुद प्रतियोगिता आइतबार (अगस्ट ११) समापन भएको छ। यस ओलम्पिकमा चीनकी झाङ युफेईले सबैभन्दा बढी पदक जितेकी छन्। उनले ६ पदक जितेकी हुन्।

पेरिस ओलम्पिकको वेबसाइटअनुसार झाङले यी पदक पौडीमा जितेकी हुन्। उनले ५ कास्य र १ रजत पदक जितेकी छन्। फ्रान्सका लियोन मार्चान्ड दोस्रो स्थानमा छन्। उनले ५ पदक जितेका छन्। लियोन पनि पौडी खेलाडी नै हुन्। उनले ४ स्वर्ण र १ कास्य पदक जितेका छन्।

पेरिस ओलम्पिकको पदक तालिकामा अमेरिका १२६ पदक (४० स्वर्ण, ४४ रजत र ४२ काँस्य) सहित शीर्ष स्थानमा छ भने चीन ९१ पदक (४० स्वर्ण, २७ रजत र २४ कास्य) सहित दोस्रो स्थानमा छ।

TOP