Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

पेरिस ओलम्पिक : म्याराथनमा सन्तोषी ७९ औँ स्थानमा

नेपालकी धाविका सन्तोषी श्रेष्ठ पेरिस ओलम्पिक २०२४ अन्तर्गत म्याराथनमा ७९ औँ स्थानमा रहेकी छिन्। आइतबार पेरिस ओलम्पिकको अन्तिम दिन म्याराथनमा सन्तोषीले निर्धारित दुई २ घण्टा ५५ मिनेट ०६ सेकेण्डमा पार गर्दै ७९ औँ स्थानमा रहेकी हुन्।

कुल ९२ जना प्रतिस्पर्धी रहेको म्याराथनमा नेदरल्यान्डस्की सिफन हसनले स्वर्ण पदक जितेकी छिन्। उनले निर्धारित दुई २ घण्टा २२ मिनेट ५५ सेकेण्डमा पार गर्दै स्वर्ण पदक जितेकी हुन्। हसनले पेरिस ओलम्पिकमा ५ हजार, १० हजार र म्याराथनका तीन विधामा स्पर्धा गरेकी थिइन्।

म्यारनथमा इथियोपियाका टिग्स्ट हसिफाले रजत र केन्याकी हेलेन ओविरीले कास्य पदक जिते। म्याराथनको तयारीका लागि सन्तोषी साउन १५ गते पेरिस पुगेकी थिईन्। १० दिन पेरिसमा नै अभ्यास गरेकी थिइन्।

यो सँगै ओलम्पिकमा नेपालको सबै चुनौती सकिएको छ। ओलम्पिकमा नेपालका ६ खेलाडीले सहभागिता जनाएर फर्किसकेका छन्। ओलम्पिकमा ५ खेलका ६ खेलाडीले नेपालको प्रतिनिधित्व गरेका छन्।

त्यसमा पौडीका एलेक्जेन्डर शाहले राष्ट्रिय कीर्तिमान बनाएका थिए। शाह बाहेक टेबल टेनिसका स्यान्टु श्रेष्ठ, पौडीकी डुवाना लामा, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाट बाहिरिएका थिए।

TOP