Trending
युएस खबर संवाददाताअरुणिमा लम्साल अभिनित ‘घर बट इन अमेरिका’को टिजर सार्वजनिक युएस खबर संवाददातारवि लामिछानेविरूद्ध पोखरामा सहकारी पीडितको नाराबाजी युएस खबर संवाददाताझगडाको क्रममा गोली चल्दा अमेरिकाको मेरिल्याण्डमा एक विद्यार्थीको मृत्यु युएस खबर संवाददाताअमेरिकामा हत्या गरिएकी नेपाली विद्यार्थी मुनाको अन्त्येष्टि युएस खबर संवाददातालिग २ खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ युएस खबर संवाददाताक्यानडा र ओमानविरूद्ध भिड्ने नेपाली टोलीमा दुई खेलाडीको पुनरागमन युएस खबर संवाददातासामूहिक हत्या मुद्दा चलाउन शेख हसिनालाई स्वदेश फर्काउने तयारी युएस खबर संवाददातागंगालालमा राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण सुरु

गाजा हमलाको अमेरिकी उपराष्ट्रपति ह्यारिसले गरिन् निन्दा

शनिबार गाजाको एक विद्यालयमा दर्जनौँ सर्वसाधारणको मृत्यु हुने गरी इजरायलले गरेको हवाई हमलाको अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले निन्दा गरेकी छिन् । विस्थापित प्यालेस्टिनीहरूलाई आश्रय दिइरहेको विद्यालयमा भएको सो हमलामा कम्तीमा ७० जनाको ज्यान गएको थियो । ‘एक पटक फेरि कयौँ नागरिकको मृत्यु भएको छ,’ कमलाले भनेकी छिन् । साथै उनले बन्दीहरूलाई रिहाई र युद्धविरामको माग पनि दोहोर्याएकी छन् ।

अल–ताबाइन स्कूल हमास र इस्लामिक जिहाद सेनाको सक्रिय केन्द्र रहेको इजरायली सेनाका प्रवक्ताले भनेका छन् । तर हमासले भने यो कुरालाई अस्वीकार गर्दै आएको छ । इजरायलसँग हमासमाथि आक्रमण गर्ने अधिकार रहेको तर सर्वसाधारणको मृत्यु नहोस् भन्ने सुनिश्चित गर्ने महत्त्वपूर्ण जिम्मेवारी पनि रहेको ह्यारिसले बताएकी छिन् । आगामी नोभेम्बर ५ मा अमेरिकामा हुन लागेको राष्ट्रपति निर्वाचनमा ह्यारिस डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार हुन् ।

शनिबार भएको हवाई हमलाको पश्चिमी देशका साथै मध्य पूर्वमा इजिप्ट समेत कयौँ देशले आलोचना गरेका छन् । सो आक्रमणमा कम्तीमा १९ जना हमास र इस्लामिक जिहादी आतङ्कवादीको मृत्यु भएको इजरायलको रक्षा बल (आईडीएफ) र इजरायली सुरक्षा एजेन्सीले भनेको छ । यद्यपि, सो आक्रमणमा इस्लामिक जिहादको कमान्डरको निधन भए नभएको चाँहि स्पष्ट भइनसकेको आईडीएफले बताएको छ ।

TOP