Trending
युएस खबर संवाददाताअरुणिमा लम्साल अभिनित ‘घर बट इन अमेरिका’को टिजर सार्वजनिक युएस खबर संवाददातारवि लामिछानेविरूद्ध पोखरामा सहकारी पीडितको नाराबाजी युएस खबर संवाददाताझगडाको क्रममा गोली चल्दा अमेरिकाको मेरिल्याण्डमा एक विद्यार्थीको मृत्यु युएस खबर संवाददाताअमेरिकामा हत्या गरिएकी नेपाली विद्यार्थी मुनाको अन्त्येष्टि युएस खबर संवाददातालिग २ खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ युएस खबर संवाददाताक्यानडा र ओमानविरूद्ध भिड्ने नेपाली टोलीमा दुई खेलाडीको पुनरागमन युएस खबर संवाददातासामूहिक हत्या मुद्दा चलाउन शेख हसिनालाई स्वदेश फर्काउने तयारी युएस खबर संवाददातागंगालालमा राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण सुरु

६२ जनालाई बोकेको विमान ब्राजिलको साओ पाउलोमा दुर्घटनाग्रस्त

५८ यात्रु र चार चालक दलका सदस्यसहितको एउटा विमान ब्राजिलको साओ पाउलो राज्यमा दुर्घटनाग्रस्त भएको छ।

यो दुई इञ्जिन भएको टर्बोप्रोप विमान दक्षिणी राज्य परानाबाट साओ पाउलो शहरको मुख्य विमानस्थलमा जाँदै गर्दा विन्हेडो भन्ने शहरमा खसेको हो, भोपास एयरलाइन्सले जनाएको छ।

सामाजिक सञ्जालमा फैलिएका फुटेजहरूले विमानलाई ठाडो रूपमा तल झर्दै, मडारिँदै खसिरहेको देखाएका छन्।

“दुर्घटना कसरी भयो र विमानमा सवार व्यक्तिहरूको वर्तमान स्थिति के हो भन्ने पुष्टि अझै भएको छैन,” एयरलाइन्सले एक विज्ञप्तिमा भनेको छ।

स्थानीय अधिकारीहरूले विमान एक आवासीय भवनमा खसेको बताएका छन्।

ब्राजिलको ग्लोबोन्यूज टेलिभिजन नेटवर्कले घरहरूले भरिएको क्षेत्रमा ठूलो भागमा आगो लागेको र धुँवा फैलिएको देखाउने तस्बिरहरू देखाएको छ।

प्रहरी र अग्निनियन्त्रकहरू घटनास्थलमा पुगेका छन् र स्थानीय अस्पतालहरूलाई सचेत गरिएको छ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले आफू सहभागी भएको एक कार्यक्रममा एक मिनेट मौन धारण गरेका छन्।

TOP