Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

‘अब नाच्छ अमेरिका’ कार्यक्रम भोलिबाट शुरु हुँदै

अमेरिकाका ८ राज्यमा हुने ‘अब नाच्छ अमेरिका’ कार्यक्रम भोलिबाट शुरु हुने भएको छ । भोलि अर्थात अगस्ट १० मा बोस्टन सहरबाट कार्यक्रमको सुरवात हुनेछ।

हरितालिका तीजको अवसर पारेर फ्लाई नेपालको आयोजनामा अमेरिकाको बिभिन्न राज्यका शहरहरुमा अब नाच्छ अमेरिका नामक सांगितीक कार्यक्रम आयोजना हुन लागेको हो। हिन्दु महिलाहरुको पावन पर्ब हरितालिका तिजको अवसर पारी कार्यक्रम आयोजना गरिएको फ्लाई नेपालका प्रमुख बिनोद अधिकारीले जानकारी दिएका छन् । करिब २ महिना लामो सांगितीक कार्यक्रममा सहभागी हुन ४ जना कलाकार अमेरिका पुगिसकेका छन् ।

यो टुरमा गायिका शान्तिश्री, रचना र ज्योतिले चर्चित गीतमार्फत दर्शक नचाउनेछन्। मोडल करिष्माको नृत्य प्रस्तुति रहनेछ। चारैजनाको यो पहिलो अमेरिका टुर हो। अगस्ट १० मा बोस्टन सहरबाट टुरको सुरवात भई सेप्टेम्बर २९ सम्मका लागि कार्यक्रम रहनेछ। यता, डालसमा भने सेप्टेम्वर ७ तारिख, शनिवार कार्यक्रम आयोजना हुने भएको छ । युएस खबर र फेम नेपालको संयुक्त आयोजनामा कार्यक्रम हुने युएस खबरका अध्यक्ष ओम आचार्यले जानकारी दिएका छन् ।

TOP