Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

पेन्सिलभेनियामा “सङ्गालो: रिडिङ फर रिजिलियन्स” कथा वाचन प्रतियोगिता आयोजना हुदै

अर्जुन प्रधान- पेन्सिलभेनियामा “सङ्गालो: रिडिङ फर रिजिलियन्स” कथा वाचन प्रतियोगिता आयोजना हुने भएको छ। यो कार्यक्रम ७ सेप्टेम्बर, २०२४ मा ह्यारिसबर्गमा हुनेछ। कार्यक्रम क्रियमाण नामक गैर-नाफामूलक संस्थाले आयोजना गर्दैछ, जसले भुटानी शरणार्थी समुदायको सशक्तिकरण र सांस्कृतिक सम्पदाको संरक्षणमा काम गरिरहेको छ।

यस प्रतियोगितामा भुटानी युवाहरूले नेपाली भाषामा लेखिएका कथाहरू पढ्नेछन्, जसमा समुदायका जीवनशैली, संघर्ष, बल, र महत्त्वपूर्ण घटनाहरूको कथा समावेश हुनेछ। प्रतियोगिता बिहान ११ बजे सुरु हुनेछ, र प्रथम, दोस्रो, तेस्रो स्थान हासिल गर्ने प्रतियोगीहरूले क्रमशः $1000, $700, र $500 पुरस्कार प्राप्त गर्नेछन् ।

कार्यक्रमका निर्णायकहरू भुटानी शरणार्थी समुदायको सेवामा समर्पित व्यक्तित्वहरू हुनेछन्। संस्थाका कार्यकारि अध्यक्ष भरत तिम्सिनाले यो कार्यक्रमले भुटानी शरणार्थीहरूको मानसिक स्वास्थ्य समस्याहरूलाई सम्बोधन गर्दै, सांस्कृतिक विविधताका माध्यमबाट उनीहरूको सशक्तिकरण गर्ने प्रयास रहेको बताए।

TOP